सुन तस्करी प्रकरण
सीआईबीको अनुसन्धान जारी रहने, आयोग गठन एक महिनापछि मात्र (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ ६ गते १४:०९
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘जाँचबुझ आयोग २०२६ अनुसार आयोग गठन हुन्छ । कानूनी र संरचनागत संरचनाबारे पनि अध्ययन गर्ने आयोगले सुझाव दिन्छ ।’
कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताए । यो सहमति भएसँगै अब सदन खुल्ने उनको भनाइ थियो ।
सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।
सीआईबीले आफ्नो कामलाई निरन्तरता दिनको लागि एक महिनापछि आयोग गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
उनले भने, ‘सीआईबीले आफ्नो अभियोजनको काम पनि सक्छ । र, आयोग नयाँ बन्छ र काम थाल्छ ।’
प्रतिक्रिया