जनमतका अध्यक्ष सीके राउत र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
नेपाल प्रेस
२०८० भदौ ६ गते १४:४४
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन् ।
उनीहरुबीच भारतको नयां दिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।
पछिल्लो समय सीके राउतले भारतसँग सम्बन्ध कायम गर्न खोजेका छन् भने भारतले पनि मधेशमा भरपर्दो र बलियो शक्ति आफूसँग संवादमा राख्न खोजेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध दिल्लीसँग सुमधुर छैन भने लोसपा कमजोर भएका कारण जनमत पार्टीसँग दिल्लीले संवाद सघन बनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर