सामाजिक सुरक्षा भत्ताको ६१ लाख हिनामिना आरोपमा वडा सचिवसहित ४ जनाले पाए सफाइ
काठमाडौं । विशेष अदालतले गोरखाको अजिरकोट गाउँपालिकाका वडासचिवसहित ४ जनालाई सामाजिक सुरक्षा भत्ताको करिब ६१ लाख रुपैयाँ हिनामिना गरेको आरोपबाट सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजिरकोट–३ हंशपुर र अजिरकोट–५ मुच्चोकका तत्कालिन वडासचिव दीपकबहादुर दर्जीसहितले ६० लाख ९७ हजार ६०० रुपैयाँ हिनामिना गरेको भन्दै २ वर्षअघि विषेश अदालतमा मुद्धा दायर गरेको थियो। दीपकबहादुर दर्जीको हकमा मात्र ६० लाख ९७ हजार ६ सय रुपैयाँ विगो दावी गरिएको थियो ।
बुधबार श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले उनिहरुलाई सफाइ दिएको हो । अख्तियारले विशाल विक र सुरेश दवाडीको हकमा २७ लाख २३ हजार २ सय रुपैयाँ र चन्द्रकान्त सुवेदीको हकमा ३३ लाख ७४ हजार ४ सय रुपैयाँ बिगो माग गरेको थियो ।
सामाजिक सुरक्षा भत्ताबापतको रकम लिएपनि वितरण गरेको हिसाब नदेखिएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।