धादिङ बस दुर्घटना- मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत – Nepal Press

धादिङ बस दुर्घटना- मृत्यु भएका ८ जनामध्ये ४ जनाको सनाखत

काठमाडौं । धादिङको गजुरीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २४/२५ वर्षीय सुमन थापा रहेका छन् ।

काठमाडौंबाट बेनी हिडेको प्रदेश ०३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी–२ चालिसेस्थित त्रिशुलीमा खसेको थियो । ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *