इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध आमरण अनशन बसेका शुलभको स्वास्थ्य बिग्रिँदै – Nepal Press

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध आमरण अनशन बसेका शुलभको स्वास्थ्य बिग्रिँदै

काठमाडौं । त्रिविले इन्जिनियरिङ स्नातकको शुल्क बढाएको विरोधमा थापाथली क्याम्पसमा अनशन बसेका शुलभ चापागाईँको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

मङ्गलवारदेखि डिन कार्यालय अगाडि आमरण अनशन बसेको आज तेस्रो दिन पुगेको छ । चापागाईँ बोल्न नसक्ने अवस्थामा छन् ।

नेविसंघ पुल्चोक क्याम्पस डिन कार्यालयले सरकारले लगानी गर्ने नसकेर शुल्क बढाउन बाध्य भएको बताएको छ ।

सरकारले लगानी गर्ने हो भने हामीले शुल्क बढाउनु नपर्ने आईओईको स्टेटमेन्ट रहेको थापाथली क्याम्पस सभापति पुष्कर विक्रम शाहीले बताए ।

उनले भने, ‘सरकारले शिक्षामा लगानी गर्न नखोजेकै कारणले युवाहरू विदेशिन बाध्य भइरहेका छन् । सरकाले शिक्षा क्षेत्रमा लगानी नगरे देशको भविष्यमाथि नै खेलबाड भइरहेको छ ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था आईओईले चार वर्षे स्नातक तहको शुल्क एकै पटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ ।

जहाँ यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ ।

त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर