कांग्रेस सांसद घिमिरेले भने- अदालत संसदको क्षेत्राधिकारभित्र पस्दैछ, सांसद विकास कोष खारेज असंवैधानिक – Nepal Press

कांग्रेस सांसद घिमिरेले भने- अदालत संसदको क्षेत्राधिकारभित्र पस्दैछ, सांसद विकास कोष खारेज असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले अदालत संसदको क्षेत्राधिकारभित्र पसेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोष खारेज गर्नु असंवैधानिक भएको बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले सांसद विकास कोषको रकम खर्च नगर्न अन्तरिम आदेश दिएपछि उनले यस्तो टिप्पणी गरे ।

उनले भने, ‘अहिले यो ५ करोडको कुरा उठेको छ। यो सांसदले आफूखुसी बाँड्न पाउने आएको छैन । एक करोडभन्दा कमको योजनामा लागू गर्न पाइन्न स्पष्ट भनेको छ । सरकारी निकायले नै कार्यान्वयन गर्छ भनिएको छ । अहिले सांसदहरुले खल्तीमै पैसा हालेर बाँड्छन् भन्ने हिसाबले आएका छन् । यो व्याख्याले हाम्रो संविधानको संरचनालाई नै खलल पारेको छ । ५ करोडको कुरा होइन, हामी एक अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थाल्यौं भने हामीले अंगीकार गरेको लोकतन्त्रको अवस्था के हुन्छ ? यो लोकतन्त्रको मर्यादाभित्र पर्दैन ।’

कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाले आफ्नो सीमाभित्र बसेको काम गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर