३१ अंकले घट्यो शेयर बजार
नेपाल प्रेस
२०८० भदौ ७ गते १५:१८
काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबामा कुथेली बुखेरी स्मल हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने मोलुङ हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर