ओलीको आरोप- नुवाकोटमा साँढे जुधाए झैँ प्रचण्ड-माधवले कोशीमा जनता लडाए (भिडिओ) – Nepal Press

ओलीको आरोप- नुवाकोटमा साँढे जुधाए झैँ प्रचण्ड-माधवले कोशीमा जनता लडाए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीले कोशीमा जातीयताको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले उत्पात मच्चाएको आरोप लगाएका छन् । पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको टिप्पणी गरे ।

उनको भनाइ जस्ताको तस्तैः

कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन् । अनि आफ्नै कार्यकर्ता । अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्रदायिकता । उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल अनि । यही बाहुनले । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ । ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ-आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ ।

मैले बाहुन किन भनेको भने किन साम्रदायिक नारा दिनुहुन्छ । लेख्नुस् न तपाईँको थर तर साप्रदायिक नारा किन दिनुहुन्छ । जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ । जातीय नाराको रूपमा । अस्ति म झापा गएँ जातीय नारा उचालेर ढुंगा हाने । एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन्- उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो ।

अर्को एउटा चौधरी अर्को राई र लिम्बूको बीचमा क्षेत्रीबाहुन घुसेको छ । त्यसले चौधरीको टाउको फुटाइदिएको छ । विराटनगरको जुलुसमा आफ्नो साथीको टाउको आफैंले फुटाएर मारे अरुले यो र त्यो गर्‍यो भनेर उत्पात मच्चाए । अझै जनता सचेत नभएर अरुले उचालेर लडाएको भरमा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर