शेखरको चिन्ता- नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए ।
एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा विदेशी नागरिकसमेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको उनको बुझाइ छ । अहिले देखिएका घटनाहरुले विश्वस्तरमा नेपालको साख गिर्दै गएको कोइरालाले बताए । अपराध र भ्रष्टाचार रोक्न कांग्रेसले राजनीतिक रूपमा अग्रसरता लिएर अघि बढ्नुपर्ने उनले बताए ।
तस्करहरूले भरिएको पार्टी माओवादी र भ्रष्टहरूले भरिएका पार्टी काँग्रेस र एस सरकारमा भएपछि यस्तै हो । यी दिल्लीका एजेण्ट हुन् नेपाल सक्ने ।