चितवनकी पूर्णमायाले भनिन्- कानूनी प्रकृयामा गइसकेँ भीम उपाध्यायलाई माफी दिएको छैन
चितवन । पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकबाट भरतपुर १६, चितवनकी पूर्णमाया गुरुङसँग कुरा मिलिसकेको बताएपनि गुरुङले भने आफू कानूनी प्रकृयामा गइसकेकोले उपाध्यायले गरेको गाली बेइज्जतीको उपचार कानूनबाटै खोजिने बताएकी छन् ।
उनले आफूले बिना अपराध सामाजिक सञ्जालबाट खेपेको गाली बेइज्जती बिरुद्ध प्रहरीमा गइसकेपछि कसैले जबरजस्ती उजुरी फिर्ता गर भनेर नहुने बताएकी हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै गुरुङले भनिन्,‘मैले सामाजिक सञ्जालको त्यो पोष्टमा म धरानको होइन र मैले गोरुको मासु खाएको होइन भनेर पटक पटक भनेँ । पोष्ट हटाउन अनुरोध गरेँ । तर, वास्ता भएन । अब कानूनी प्रकृयामा गइसकेको छु । मैले होइन निर्णय कानूनले नै गर्छ ।
उनले उपाध्यायलाई फोन नगर्नु भनेर पटक पटक बताउँदा पनि हैरान गरेपछि उनको नम्बर नै ब्लक गरिदिएको पनि बताइन् । आफ्नो सामाजिक बेइज्जतीको पीडा एक फोन कलबाट सरी भनेर नभरिने भएकोले उनले सामाजिक सञ्जालमा भनेजस्तो माफी नदिएको जानकारी दिइन् ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि हिजो साइबर अपराधमा उजुरी दर्ता भइसकेको र अनुसन्धान प्रकृयामा प्रहरी गइसकेको जानकारी दिए ।
बाँदर बाठो भो भने के हुन्छ रे…
Tamu samaj Chitwan le xodne wala xaina. Vane belama mana pari ani sorry vanera hunxa.
जे भयाे, भयाे कृपया अब सबै शान्तिमा बसौँ !!
हाम्रो देश बिभिन्न जातजाति तथा भाषाभाषी र संस्कृति रहेकाे देशहाे !!
मनमौजी राती अोछ्यानमा स्वास्नीसँग त चल्दैन सामाजिक संजालमा कहाँ चल्ला र जाकिने भो माउवादीको हनुमान