ओलीका फन्टुस मानस पुत्रहरुले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाउँदैछन् : घनश्याम भुसाल (भिडिओ) – Nepal Press

ओलीका फन्टुस मानस पुत्रहरुले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाउँदैछन् : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीका फन्टुस मानस पुत्रहरुले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाएको टिप्पणी गरेका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीको कारणले अहिले बजारमा नयाँ पपुलिस्टहरु आएको बताए ।

उनले भने, ‘आज ओलीजीका कारणले पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । तीनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले मैले भन्ने गरेको छु ती ओलीका फन्टुस मानस पुत्रहरु हुन् ।’

 


प्रतिक्रिया

5 thoughts on “ओलीका फन्टुस मानस पुत्रहरुले नयाँ र स्वतन्त्रका नाममा राजनीतिलाई सस्तो बनाउँदैछन् : घनश्याम भुसाल (भिडिओ)

  1. फटाहाहरूको गर्ने अरू कुरा छैन ? कसको लागि ओलि विरूद्व बोलेर दलाली गर्दैछन् ? कसको पैसा खाएर गद्दार बन्दैछन् ? ओलिको विरोध गरेर दलाली गर्नु मात्र राजनीति ? धिक्कार छ फटाहाहरू । गर्ने त तिमीहरू दलालले केहि होईन । जनताले हिसाकिताव गर्छन । तैपनि यसो लोकलाजको लागि भए पनि गल्दार चाहिँ नबने हुँदैन ?

  2. घनश्याम भुसाल यति गिर्नसक्छन भन्ने मलाई लागेको थिएन। यी तिनतिर दाउ लगाउने त्रिभुज कामरेड हुन् । ओलि र एमाले बाहेकको कुरा गर्नु नि। आफ्नी नीति कार्यक्रम त केही छैन। यो सार्‍है गफाडी मान्छे रहेछ। माकुने ले बेदुरामको स्थानमा मनोनित गरेपछी साच्चै नै महान सचिब भन्ने भान परेछ। अब रुपन्देही जिल्लाबाट चुनावमा उठे भने तीन सय पाउन गार्‍हो छ।

  3. घनश्याम भुसाल माक्र्सवादी आन्दोलनका क्लबमा बसेर गफ हाक्ने काम चोर ढोङ्गी अवसरवादी कम्युनिस्ट आन्दोलनलाई पुजीवादीको चरणमा बुझाउने व्यक्तिका रूपमा चिनिने नेताका नाममा परिचय बनाएका नेपाली हुन।

  4. घनश्याम भुसाल माक्र्सवादी आन्दोलनका क्लबमा बसेर गफ हाक्ने काम चोर ढोङ्गी अवसरवादी कम्युनिस्ट आन्दोलनलाई पुजीवादीको चरणमा बुझाउने व्यक्तिका रूपमा चिनिने नेताका नाममा परिचय बनाएका एक नेपाली हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर