मन्त्री ज्वालाको दाबी- ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन्
नेकपा एसलाई धराशायी पार्न माधव नेपाललाई ललिता निवास प्रकरणमा फँसाउन खोजेको आरोप, अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत्याउने बताए ।
उनले भने, ‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडि हो ।’
गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरु सक्षम रहेको बताए। उनले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा गरे । उनले सबैभन्दा क्लिन नेताहरु नेकपा एसमै भएको दाबी गरे ।
कति चाकडी गरेको हो भ्रष्टाचारीको ? हुन त आफू पनि त्यहि ड्याङ्को मुला भएर होला ।