दरबार हाइ स्कूलमा रोबोटिक्स, एआई र कोडिङका कक्षा सुरु – Nepal Press

दरबार हाइ स्कूलमा रोबोटिक्स, एआई र कोडिङका कक्षा सुरु

विद्यार्थीले देखाए गहिरो रुचि

काठमाडौं । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो ।

कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो । उनीहरु विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकहरुसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट्याइरहेको थियो । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् ।

आज विद्यालयमा नाट््यशाला सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन भयो । अर्को हप्ताबाट नाट््यशालाका कक्षाहरु सञ्चालन हुनेछन् ।

सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो ।

विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन् ।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ ।

रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ । कोडिङ्को आधार स्क्याच कोडिङ् हो ।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ ।

यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन् । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।

महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *