माधव नेपालकाे गुनासाे- ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे (भिडिओ) – Nepal Press

माधव नेपालकाे गुनासाे- ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे (भिडिओ)

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भएपनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो । अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उनले पार्टीलाई बिजोग बनाएर आफूले भने राष्ट्रपति बन्न त्यतिखेर नचाहेको समेत बताए । अध्यक्ष नेपालले नेकपा ब्युँताऊ भनेर आफूले पठाएको प्रस्तावलाई पनि ओलीले लत्याएको दोहो¥याए ।

उनले भने, ‘ओलीले यो पार्टीको मतलव नै नराख्ने । हुँदाहुँदा हिजोअस्ती त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रश्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानविन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलादमी पारेर हुँदैन । त्यसो हुनाले यो घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङगो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौं ।


प्रतिक्रिया

One thought on “माधव नेपालकाे गुनासाे- ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे (भिडिओ)

  1. ओलिले त निषेध गर्ने नै भए नि । अनि त्याहा त तिम्रा मालिकहरू पनि छन् त । तिनले पनि निषेध गरे ? नोकर भएर मालिकको सेवा गरेको उपहार पाईएछ अपमान ………… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर