प्रमोदको ‘गङ्गा जमुना’ मा दिलीप, अञ्जलि र उषा
नेपाल प्रेस
२०८० भदौ ९ गते १८:२१
काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गङ्गा जमुना’ सार्वजनिक भएको छ।
राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहेको छ।
डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ ।
राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जलि अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।
बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर