कांग्रेस रुपान्तरण अभियान टोली बालुवाटारमा : ठूला काण्डमा जोडिएका ठूल नेतालाई उन्मुक्ति नदिन दबाब – Nepal Press

कांग्रेस रुपान्तरण अभियान टोली बालुवाटारमा : ठूला काण्डमा जोडिएका ठूल नेतालाई उन्मुक्ति नदिन दबाब

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो ।

तरुण दलका पूर्व महासचिव समेत रहेका कांग्रेस नेता भूपेन्द्र जंग शाहीले ललिता निवास प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको बताए । उनले सो प्रकरणमा दोषी कसैलाई पनि उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने, सुनकाण्डमा आग्रह पूर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने र नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको शाहीले बताए ।

देशमा सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न जुनसुकै तहको नेता भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग रूपान्तरण अभियानले गरेको छ ।

कांग्रेसका नेताहरु मधु आचार्य, जगदिशनरसिंह केसी, भूपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटीलगायतको प्रतिनिधिमण्डलले बालुवाटार पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर