धरान: गौहत्याका आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, पक्राउ गरी मुद्दा चलाउने तयारी – Nepal Press

धरान: गौहत्याका आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, पक्राउ गरी मुद्दा चलाउने तयारी

धरौटीमा छुटेका दुई जनामाथि पनि मुद्दा दायर हुँदैछ : प्रजिअ हुमकला पाण्डे

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा गाई गोरुको मासु खाएको भन्दै भिडिओ पोस्ट गर्नेहरुमाथिको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्‍याएको छ । घटनामा संलग्नहरूमाथि मुद्दा दायर गर्ने तयारी भइरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

गाइगोरु काटेर पक्राउ परेका दुई व्यक्ति रिहाइ भएको उपलक्ष्यमा भन्दै धरानमा भोज गरिएको थियो । उक्त भोजको भिडिओ युट्युबमा अपलोड गरेर उक्त भोजको भिडिओ युट्युबमा अपलोड भएपछि विवाद उब्जिएको हो ।

सुनसरीका पत्रकार महासंघका अध्यक्षसमेत रहेका अभियन्ता जनकऋषी राईसमेतको संलग्नतामा गाइगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरिएको थियो । भिडिओमा देखिएका अन्य व्यक्तिहरू परिचित होइनन् ।

प्रजिअ अधिकारीले धरौटीमा छुटेका दुई जनालाई अदालतमा मुद्दा दायर गर्न लागिएको बताइन् ।

‘धरौटीमा छुटेकाहरूमाथि मुद्दा दायर हुँदैछ । त्यसपछि भएको घटनामा संलग्नहरूमाथि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

भिडियोमा देखिएकाहरू गाई गोरुको मासु नै खाएका हुन् वा यत्तिकै प्रपोगण्डा गरेका हुन् भन्ने अनुसन्धान गर्न केही समय लागेको बताइन् ।

‘घटनाको वास्तविकता पत्ता लगाउन अलिकति समय लागेको हो, अब छिट्टै पक्राउ पूर्ज जारी गरेर मुद्दा दायर गरिनेछ,’ उनले भने ।

भिडियो हाल्ने, सेयर गर्ने तथा सामाजिक सञ्जालबाट आपत्तिजनक टिप्पणी गर्नेहरु पनि छानबिनमा तानिने उनले बताइन् ।

‘मूल भिडिओ कसले खिचेको हो, त्यो पत्ता लगाउनुपर्‍यो । साँच्चै गोरुको मासु खाएका हुन् कि होइनन्, खाएका हुन् भने कहाँबाट ल्याए सबै बुझ्नुपर्ने हुन्छ । यसले गर्दा अलिकति ढिलाइ भएको हो । अब मुद्दा दायर गर्ने अवस्थामा पुगेका छौँ,’ उनले भनिन् ।

कति जनाविरुद्ध मुद्दा दायर हुँदैछ भन्ने उनले जानकारी दिन चाहिनन् । गोपनीयताका कारण को र कति जना यसमा संलग्न छन् भन्ने सार्वजनिक गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ । गाइगोरु काट्नेहरूमाथि ३ वर्षसम्मको जेल सजायको व्यवस्था छ । तर, खुलेआम गाइगोरु काटेर सामाजिक सञ्जालमा प्रचारप्रसार समेत गर्नेहरूमाथि कारबाही नगरेको भनेर सरकार र प्रशासनको आलोचना भइरहेको थियो ।


प्रतिक्रिया

3 thoughts on “धरान: गौहत्याका आरोपीहरूमाथि अनुसन्धान अन्तिम चरणमा, पक्राउ गरी मुद्दा चलाउने तयारी

  1. पत्रकार नै यस्ता छ्न अरु कस्ता होलान् ?

  2. मान्छे काट्ने प्रधानमन्त्री हुने देशमा, गाई काट्ने जेलमा । गज्जब छैन त ।

  3. सविधांन अनुरुप यो ठिकै होला ! तर – राईलिम्वु मुर्दावाद भन्ने, खुल्लम खुल्ला सडक र्यालीमै खुडा, तरवार र नाङ्गो खुकुरी वोकेर सन्त्रास फैलाउने, ग्रुप मेसेन्जरमै पाँचजना सम्म ढाली दिन्छु भनेर सामाजिक संजालमा धम्किदिने यी उदण्ड जातियता दङ्गा फैलाउने आतिवादीहरुलाई खोई कानुन ?
    यतिहो, हामी सवै नेपाली एक हौं ,कसैले पनि जातिय,धार्मिक,संस्कृति र सामाजिक सद्भाव भन्काउने कुचेस्टा नगरौं । एकले अर्कोलाई सम्मान र सहिष्णुता अपनाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *