सन्दीपको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा, पाँचौं नम्बरमा पालो
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदै छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो ।
फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो । पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।
पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिनमा फैसला आउन सक्छ ।
सुनवाइको अघिल्लो दिन जाहेरीकर्ता गौशाला २६ भने अस्पताल भर्ना भएकी छन् । उनले औषधिको बढी डोज सेवन गरेको बताइएको छ ।
सन्दिपले आफ्नो देशको लागि Game खेल्न जान नपाउनु देशको दुर्भाग्य हो। यस्तै हो नेपालको कानुन।