बजार अनुगमनमा सुनिता डंगोलको कडाइ, अखाद्य वस्तु बिक्री गर्नेलाई डेढलाख जरिवाना – Nepal Press

बजार अनुगमनमा सुनिता डंगोलको कडाइ, अखाद्य वस्तु बिक्री गर्नेलाई डेढलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय बजार अनुगमन बढाएको छ । ढुसी परेको अखाद्य वस्तु भेटेपछि महानगरले १ लाख ५० हजार जरिवना गरेको हो ।

कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ । जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।

गत साउन २८ गते बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपमेयर डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थको गुणस्तर, तरकारी र फलफूलको बजारमा निगरानी बढाउन भनेकी थिइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छन् ।

बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहन्छ ।

उक्त निर्णयसँगै बजारमा अखाद्य बस्तुको बिक्री रोक्नको लागि उनले अनुगमनलाई कडाइ गरेकी थिइन् ।

शुक्रबार महानगरको गुणस्तर परीक्षण विभागको टोलीले अनुगमनको क्रममा कालिञ्चोक ट्रेडिङमा  गुणस्तर परीक्षण गरेको थियो ।


प्रतिक्रिया

2 thoughts on “बजार अनुगमनमा सुनिता डंगोलको कडाइ, अखाद्य वस्तु बिक्री गर्नेलाई डेढलाख जरिवाना

  1. एउटा सामान्य नेपाली बितरकलाई यसरी दन्डित गर्न कसरी सकेको होला।
    बहुरास्ट्रिय कम्पनीलाई दन्डित गर्ने ताकत छ…???
    बिचरा तीन महिनामा पनि कमाउन सक्दैन त्यो पैसा..
    कसरी काम गर्ने हो नेपालमा गाह्रो छ।

  2. एउटा ढुसी परेको कोक जुन पसलबाट लिएको हो त्यहि गएर साट्न मिल्छ। कारवाहि गर्नुपर्ने आवस्यकता छैन।त्यो कोक मा पसलेले ढुसी पारेको हो र? गाडिमा ढुवानी गर्दा एक अर्कामा ठोक्किएर बिर्को खुकुलो भएर ढुसी परेको पनि हुन्छ। कोक सम्बन्धि जानकारी नभएको मान्छे सुनिता डङ्गोल लाइ यस्तो कुरा के थाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *