रास्वपालाई पनि एउटा समिति दिन पाएको भए राम्रै हुन्थ्यो : माधव सापकोटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) सापकोटाले माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन् ।
आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन् । उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताए ।
उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबैकुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरुले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’
सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताए । त्यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि एउटा समितिको नेतृत्व दिन पाएको भए हुन्थ्यो भन्ने टिप्पणी गरे ।
कोशी प्रदेशमा रास्वपाको भोट छैन । दिल्लीले राप्रपालाई दे भन्यो दियौ । रास्वपाको लागि गोहीको आँसु चाहिँ किन नि ?