गाउँपालिका अध्यक्षले नेताको फोनमा छाडा बोल्दै एमाले जिल्ला अध्यक्ष मरेर माटोमा गाडिसक्यौं भनेपछि…(अडियो)
रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा बाँकेका इन्चार्ज खेममान खड्कालाई बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर बिक तूफानले जिउँदै रहेको व्यक्तिलाई मृत्यु भएको बताउँदै अपशब्द बोलेपछि विवादमा आएका छन् । उनीहरु दुईजनाबीच भएको संवादको अंश अडियो सार्वजनिक भएको छ ।
सार्वजनिक भएको अडियोमा खजुरा गाउँपालिकाको मोबाइलमा फोन गरेका खड्कालाई पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई अध्यक्ष बिकले मरिसकेको बताएका छन् ।
एमाले पोलिटब्यूरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले अघिल्लो कार्यकालमा पालिका अध्यक्षका हैसियतले किस्मतले चलाइरहेको मोबाइल ९८५८०६०११५ मा कल गरेर किस्मतजीलाई खोजेको हो भन्ने कुराको जवाफ दिंदै अध्यक्ष बिकले ‘किस्मत त मरेर अस्ति मट्टी दिइसकेम’ भन्दै गाली गलौजमा उत्रिएको अडियो सार्वजनिक भएको छ ।
अडियो:
हाल नेकपा एमालेको बाँके जिल्ला अध्यक्ष रहेका किस्मत कक्षपतिबारे अपशव्द बोलेको भन्दै एमाले बाँकेले आपत्ति जनाएको छ । पालिका अध्यक्षजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौजपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।
एमाले पार्टीका पोलिटब्यूरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज खेममान खड्काले जनप्रतिनिधिजस्तो मान्छेको बोल्ने शैलीले उनी त्यो पदको सम्मान गर्नसक्ने व्यक्ति होइन भन्ने स्पष्ट भएको बताए । उनले बिकसँगको कुराकानीको केही अंश मात्रै आफूले रेकर्ड गरेको बताए ।
कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाइलमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।
यो विषयमा जानकारी लिन पालिका अध्यक्ष बिकलाई गरेपनि उठाएका छैनन् । यो विषय सार्वजनिक भएदेखि नै उनले कसैको फोन उठाएका छैनन् ।
यस्तो छ उनीहरुबीचको संवादः
तूफान : तपाईं को ?
खेम : नाइँ नाइँ ‘मैले त किस्मतलाई खोज्या हो ।’
तूफान : किस्मत त मरेर अस्ति मट्टी दिइ सकिम्
खेम : ठीकै छ, तपाईंले त्यो भाषा प्रयोग गरेपनि ।
तूफान : तपाईं को भन्नु न, अर्काको फोनलाई किस्मत भनेर गर्नी ?
खेम : ठीकै छ, कहिलेकाहीँ त मिस्टेक हुन्छ नि ।
तूफान : अरे राख्नु न यार फोन ।
खेम : ठीकै छ, तपाईंले राखेपनि हुन्छ ।
तूफान : (अपशब्द) फोन राख न बे ।
तूफान : तैंले राख्न बे तैले गरेको होस् ।
खेम : गर्न न गरेको हो मैले ।
तूफान : साला किस्मतको चोर ।
नेपालमा कम्युनिस्ट प्रतिको आकर्सण र छिमेकी चिनप्रतीको सम्मान भावको कारण अनी समाजको बेथिती र चरम मन्परीले आक्रन्त मान्छेहरुको समर्थन र सहानुभुति पाएर ‘प्रचन्डपथ’ को अभ्यास ‘माओवादी’ को नाममा जुन भयो त्यो प्रभावी र उल्लेख्य भयो !!
=> तर त्यो न माओको जस्तो क्रान्ति थियो न समाज परिवर्तनको आधार थियो : त्यो त मात्र अपराधीक र हिँसात्मक श्रिंखला बन्यो :: त्यो स्वाभाबिक थियो किन भने त्यो त मात्र नेपाली समाजको कम्जोरी र सेन्तिमेन्ट समाएर रचिएको षड्यन्त्र र देस प्रतिको धोखा थियो !!
=> माओबाद’ नाममा भारतको सहयोग र निर्देशनमा चलेको देशमा भाद्भैलो चलाउने र कम्जोर बनाउने भारतको योजना थियो : तिनले देखाएको मन्परिले यो पुस्टि गर्छ !!
=> दु:खको कुरा : त्यो जमातमा त्यो बेला सिकेको र परेको त्यो बेलाको अपराधीक बानी कायम छ र प्रकट हुन्छ घरी घरी यसरी !!
=> अर्को कुरा : होलान नि त्येहाँ अली साम्न्तीप्रिय र यस्तो अपराध नरुचाउने अली सभ्य समाजको कल्पना गर्ने मान्छे :: कत्ती बस्छन त्यो बिसाक्त छहारीमा !!