‘गावो विश्वस्य मातरम्’ र धरानको गोमांस भतेर – Nepal Press

‘गावो विश्वस्य मातरम्’ र धरानको गोमांस भतेर

गएको साता सामाजिक सञ्जालहरूमा एउटा भिडियो निकै चर्चित भयो । भिडियो थियो- धरानमा गोरू काटेर सामूहिक रूपमा गोरुको मासुको भतेर गरिएको ।

सामाजिक सञ्जालहरूमा उक्त भिडियो छरपष्ट भएपछिका दिनमा गोमांस भक्षणको समर्थन र विरोध गर्नेहरूको जमात उत्तिकै छ । नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको भाले प्रजातिको वधले मुलुकभरका बहुसंख्यक सनातन हिन्दूहरू रुष्ट बनेका छन् । नेपालको मुलुकी संहिताले समेत गाई–गोरू वध गर्न निषेध गरेको अवस्थामा गोरू काटेर भतेर गरिएको कुराले कानूनी राज्यलाई उपहास गरेको छ ।
नेपालमा मुख्य गरेर गोपूजन गर्ने र नगर्ने गरी दुई खाले समुदायको बाहुल्य रहेको छ । गाईलाई माता तथा लक्ष्मी मानेर अनि गोसेवा नै परम धर्म हो भनेर मान्नेहरू गोपूजक छन् भने त्यसको विपरीत गाई फगत एक जनावरमात्रै रहेको र त्यसदेखि अतिरिक्त केही नरहेको भनेर गोपूजन नगर्नेहरू पनि छन् । तर, संविधानतः गाई नेपालको राष्ट्रिय जनावर हो र गाई भन्नाले सामान्यतः गाई-गोरू-साँढेसहितको गोप्रजाति हो ।

नेपाली इतिहास पल्टाएर हेर्दा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि नेपालमा क्रमिक रूपले गोवधको निषेधका प्रसंगहरू उल्लेख भएको पाइन्छ । शाह राजाहरू गोरखाका भएकाले गोरक्षा गर्नु उनीहरूको प्रमुख कर्तव्य पनि थियो । गोरक्षा शब्दकै अर्थका रूपमा गोरखा भन्ने चलेको बुझ्न सकिन्छ ।

इतिहास हेर्दा नेपालमा वि.सं १८४३ देखि विविध समयमा गोवध निषेध गरिएका प्रमाणहरू पाइन्छन् । बहुसंख्यक नेपाली हिन्दू भएको परिप्रेक्ष्यमा सनातन हिन्दू परम्परामा गाईको स्थान सर्वोपरि रहेको बुझ्न सकिन्छ ।

गच्छति इति गौस् अर्थात् जो चल्छ, जो गतिशील छ त्यही नै गौ हो । सम्पूर्ण विश्व गतिशील छ, समय पनि गतिशील नै छ । त्यसर्थ, गाई नै विश्व हो । गाई नै समय हो । नेपाली भाषामा पनि ‘गोचर’ भन्ने एक शब्द पनि छ, जसको सामान्य अर्थ हेर्नु भन्ने हुन्छ अर्थात् गाई जसरी चर्दै चर्दै हिंड्छ त्यसैगरी आँखा पनि विषयदेशमा डुल्छ र विषयवस्तुको ज्ञान गर्छ ।

हिन्दू परम्परामा गाईलाई सर्वदेवमयी, सर्वभूत समृद्धिदायिनी, सर्वलोक हितैषी, पुण्यस्वरुपा, भवसागरको तारिणी, कामधेनु तथा लक्ष्मी, माता आदि शब्दहरूले सम्बोधन गर्ने गरिएन्छ । अथर्ववेदमा गाईलाई ‘वशां देवा उपजीवन्ति वशां मनुष्या उप । वशेदं सर्वं भवतु यावतु सूर्यो विपश्यति’ अर्थात् ‘मानिस र भगवान दुवै गोरसबाट जिउँछन्, जबसम्म सूर्य रहन्छन् यो धर्तीमा गाई रहन्छ, सम्पूर्ण विश्व गाईहरूमा निर्भर छ’ भनिएको छ ।

बृहत पराशर स्मृतिमा गाईको शरीरमा देवीदेवता, ऋषिमुनिहरूको बासबारे वर्णन गर्दै भनिएको छ- गाईको सिङको मूलमा ब्रह्माजी, दुवै सिङको मध्यभागमा नारायण र शीर्ष भागमा महादेव रहनुहुन्छ, यसको अतिरिक्त सिङको अग्रभागमा चर-अचरसहितका सबै तीर्थस्थलहरू, ललाटको अग्रभागमा पार्वती, नाकको बीचमा कुमार कार्तिकेय, दुवै कानमा कम्बल र अस्तर नामक नाग, दाहिने र देब्रे आँखामा सूर्य र चन्द्र, दाँतमा अष्टवसु, जिब्रोमा वरूण, हुंकारमा भगवती सरस्वती, गण्डस्थल (गाला)का एकातिर यम र अर्कातिर यक्ष, रौंका प्वालहरू (रोमकुप)मा समस्त ऋषिगण, गोमुत्रमा गङ्गाजी, गोमय (गोबर)मा यमुना तथा लक्ष्मीसहित सबै देवता, पेटमा गार्हपत्य अग्नि, हृदयमा दक्षिणाग्नि, मुखमा आहवनीय अग्नि विद्यमान छ । कुक्षियहरूमा सभ्य र आवसथ्य नामका अग्निहरू बस्छन् । यसकारण सबै देवताहरूको निवास गाईमा हुने भएको हुँदा जसले गाईलाई स्नेह र आदर गर्छ तथा क्रोध देखाउने, पिट्ने आदि गर्दैन, उसलाई महान ऐश्वर्यसहित स्वर्गलोक प्राप्त हुन्छ भनिएको छ । (बृहत पराशर स्मृति ५/३४-४१)

हिन्दू परम्परामा गाईलाई सर्वदेवमयी, सर्वभूत समृद्धिदायिनी, सर्वलोक हितैषी, पुण्यस्वरुपा, भवसागरको तारिणी, कामधेनु तथा लक्ष्मी, माता आदि शब्दहरूले सम्बोधन गर्ने गरिएन्छ । अथर्ववेदमा गाईलाई ‘वशां देवा उपजीवन्ति वशां मनुष्या उप । वशेदं सर्वं भवतु यावतु सूर्यो विपश्यति’ अर्थात् ‘मानिस र भगवान दुवै गोरसबाट जिउँछन्, जबसम्म सूर्य रहन्छन् यो धर्तीमा गाई रहन्छ, सम्पूर्ण विश्व गाईहरूमा निर्भर छ’ भनिएको छ ।

गाईको विषयमा बृहत पराशर स्मृतिमा गरिए जस्तै जस्तै वर्णन पद्म पुराण भविष्य पुराण, ब्रह्माण्ड पुराण, स्कन्द पुराण तथा महाभारत आदिमा पनि पाइन्छ । पुराणहरूमा कपिला, सुरभि, नन्दिनी, कामधेनु, रोहिणी आदि गाईहरूको वर्णन गरिएको पाइन्छ । गोसेवा, गोदान, वृषभ दानलाई धार्मिक कार्यको रूपमा र गोहत्या, गोपीडन तथा गोमांस भक्षणलाई महापापको रूपमा पुराणहरूमा वर्णन गरिएको पाइन्छ । दूध दिने हृष्टपुष्ट गाई सुपात्रमा दान गर्नाले आफूअघिका र आउँदा सात पुस्तासम्मको उद्धार हुन्छ भनिएको छ । शास्त्रहरूमा गाईको महिमा यतिसम्म छ कि गाईको दर्शन र प्रदक्षिणा मात्रले पनि मानिसलाई धर्म प्राप्त हुने र पाप नाश भएर जाने कुरा उल्लेख भएको पाइन्छ । त्यस्तै जसको घरमा गाई भोको र व्याकुल रहन्छ, जसले गाईको अपहेलना गर्छ, लात्ताले हान्छ, पिट्छ, मार्छ, ऊ नरकमा जान्छ भन्ने शास्त्रहरूको मान्यता छ । गरुड पुराणका अनुसार गाईलाई मार्नाले ‘रोध’ नाम गरेको नरकमा जानुपर्ने कुरा उल्लेख छ । (गरुड पुराण, धर्मकाण्ड, प्रेतकल्पको अध्याय ३)

हिन्दू धर्ममा पञ्चगव्य र पञ्चामृतको महत्त्व पनि उत्तिकै रहेको छ । पञ्चगव्य र पञ्चामृतको अभावमा कुनै पनि हिन्दू धार्मिक अनुष्ठान सम्पन्न हुँदैन । पञ्चगव्य र पञ्चामृत दुवै गाईबाट नै प्राप्त हुन्छन् । ‘गावो विश्वस्य मातरम्’ भन्ने प्रसिद्ध वचनको साथमा ‘नमो गोभ्य..’ भन्दै गोदान गर्ने सनातन हिन्दू परम्परा छ । गोदान नगरिकन कुनै पनि धार्मिक कार्य सम्पन्न हुनै नसक्ने सनातन परम्परा छ । गाईलाई ब्रह्माजीको पुत्रीका रूपमा स्वीकार गरिएको छ- नमो ब्रह्मसुता… । त्यस्तै गोदानविना कुनै पनि धार्मिक कार्य सम्पन्न हुनै सक्तैन । पण्डितले यजमानलाई सुरुमै गोदान गर्न लगाउँछन् र त्यसपछि मात्रै कर्मकाण्डका अन्य भाग सुरु हुन्छ । त्यस्तै गोदान गरेर नै वैतरणी नदी पार गर्न सकिन्छ र प्रेत योनीबाट छुटकारा मिल्छ भन्ने मान्यता पनि छ । गाईलाई लक्ष्मी कसरी मानियो र गाईलाई लक्ष्मी मानेर पूजन गर्ने परम्पराका प्रसङ्गमा महाभारतमा एक उपाख्यान प्राप्त छ । महाभारतको अनुशासन पर्वको अध्याय ८२ मा उक्त उपाख्यान प्राप्त छ ।

उपाख्यान यस्तो छ-

एक समयको कुरा हो । भगवती लक्ष्मीले एक मनोहर रूप धारण गरेर गाईको हुलमा प्रवेश गरिन् । लक्ष्मीको अद्भूत रूप देखेर समस्त गाईहरू आश्चर्यमा परे । कहिल्यै नदेखिएको अद्भूत किसिमको गाईलाई देखेर अन्य गाईहरूले सोधे- हे देवी ! तपाईं को हो र कहाँबाट आउनुभयो ? समस्त पृथ्वीमा तपाईंको तुलना कतै पनि हुन सक्तैन । तपाईंको रूप र लावण्यले गर्दा हामी अधिक आश्चर्यमा परेका छौं । यसैले तपाईंले सही सही बताउनुहोला कि तपाईं को हुनुहुन्छ र कहाँ जानुहुन्छ ? आफ्नो यथार्थ परिचय दिनुहोस् ।

तब लक्ष्मीले भन्नुभयो- हे गाईहरू ! तपाईंहरूको कल्याण होओस् । यो जगतमा म लक्ष्मी नामले प्रसिद्ध छु । सारा जगतले मेरो प्राप्तिको कामना गर्छन् । दैत्यहरूको क्रूर स्वभाव देखेर मैले दैत्यहरूलाई छाडिदिएँ र उनीहरू सदाका लागि नष्ट भए । मेरै आश्रयमा रहेका हुनाले इन्द्र, सूर्य, चन्द्रमा, विष्णु, जलका अधिष्ठाता वरुणदेव र अग्नि आदि देवता सदैव आनन्दको उपभोग गर्ने गर्छन् । देवता तथा ऋषिहरू पनि मेरे अनुग्रहका कारणले सिद्धि पाउने गर्छन् । हे गाईहरू हो ! जसको शरीरमा म प्रवेश गर्दिनँ, ती सबै नष्ट भएर जान्छन् । धर्म, अर्थ र काम पनि मेरै सहयोग पाएर सुखद बन्छन् । तपाईंहरूले मलाई यस्तै प्रभावहरूले सम्पन्न रहेको सम्झनू । म अब तपाईंहरूको शरीरमा रहन चाहन्छु । त्यसैले गर्दा म तपाईंहरूको समीपमा आएर प्रार्थना गर्दछु । मेरो आश्रय पाएर तपाईंहरू पनि श्रीसम्पन्न हुनुहोस् ।

गाईहरू भन्छन्- हे देवी ! तपाईं एकदमै चन्चला हुनुहुन्छ । कतै पनि स्थिर भएर रहन सक्नुहुन्न । यसका साथै तपाईं एकसाथ धेरै स्थानमा रहनुहुन्छ । त्यसैले हामी तपाईंलाई साथमा राख्न चाहँदैनौं । तपाईंको कल्याण होओस् । तपाईं जहाँ आनन्दपूर्वक रहन सक्नुहुन्छ, त्यही जानुहोस् ।

हाम्रो शरीर यसै पनि हृष्टपुष्ट र सुन्दर छ । हामीलाई तपाईंको के काम ? तपाईंको जता जाने इच्छा छ, त्यतै जानुहोस् । तपाईंले हामीलाई दर्शन दिनुभयो । यसैले नै हामी कृतार्थ भयौं ।

लक्ष्मीले भन्नुभयो- हे गाईहरू ! यो कस्तो कुरा गर्नुभएको ? के तपाईंहरूलाई यो उचित लाग्छ कि मेरो अभिनन्दन गर्नुपर्दैन ? म त सती-साध्वी हुँ, दुर्लभ पनि छु । फेरि पनि यो समयमा तपाईंहरू मलाई किन स्वीकार गर्नुहुन्न ? जब कि देव, दानव, गन्धर्व, पिशाच, नाग, राक्षस तथा मनुष्य पनि उग्र तपस्या गर्दै मेरो आराधना गर्छन् । हे सौम्य स्वभाव भएका गाईहरू हो, यो तपाईंहरूको उत्तम स्वभावको प्रभावले नै म तपाईंहरू कहाँ आएकी हुँ । अतः मलाई स्वीकार गर्नुहोस् । चराचर प्राणीहरूसहित समस्त त्रिलोकमा म कतै पनि त्याज्य छैन ।

गाईहरूले भने- हे देवी ! तपाईं अधिक चञ्चल हुनुभएको र कतै पनि स्थिर हिसाबले रहन नसक्ने भएकाले हामीले त्यागेका हौं । तपाईंसँग हाम्रो कुनै वैरभाव छैन । व्यर्थका कुरा गरेरमात्रै के काम ? तपाईंलाई जता जान मन लाग्छ, त्यतै जानुस् । हाम्रो शरीर त्यसै पनि हृष्टपुष्ट र सुन्दर छ । हामीलाई तपाईंको के काम ?

गोदानविना कुनै पनि धार्मिक कार्य सम्पन्न हुनै सक्तैन । पण्डितले यजमानलाई सुरुमै गोदान गर्न लगाउँछन् र त्यसपछि मात्रै कर्मकाण्डका अन्य भाग सुरु हुन्छ । त्यस्तै गोदान गरेर नै वैतरणी नदी पार गर्न सकिन्छ र प्रेत योनीबाट छुटकारा मिल्छ भन्ने मान्यता पनि छ । गाईलाई लक्ष्मी कसरी मानियो र गाईलाई लक्ष्मी मानेर पूजन गर्ने परम्पराका प्रसङ्गमा महाभारतमा एक उपाख्यान प्राप्त छ ।

तब लक्ष्मीले भन्नुभयो- हे गाईहरू हो ! तपाईंहरू सबैको भलो चाहनुहुन्छ । समस्त पृथ्वीको भार वहन गर्नुहुन्छ । तपाईंहरूबाट म त्याज्य भएँ भने अन्यत्र पनि मेरो कसैले इज्जत गर्ने छैन । त्यसैले मलाई आज्ञा दिनुहोस् कि म तपाईंहरूको शरीरमा रहन सकूँ । मलाई तपाईंहरूको शरीरको कुनै पनि अङ्गमा भए पनि बास दिनुहोस् । लक्ष्मीको यस्तो कुरा सुनेर गाईहरूले भने- हे लक्ष्मी ! हामीले तपाईंलाई आदर त गर्नैपर्छ । हाम्रो मूत्र तथा गोबर अत्यन्तै पवित्र छ । तपाईं यसमै निवास गर्नुहोस् । यसैमा तपाईंको इज्जत छ र संसारको भलाइ पनि छ । तब लक्ष्मीले भन्नुभयो- मलाई स्थान दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद ।

यति भनेर लक्ष्मीले आफ्नो स्वरूप त्यागेर अन्तध्र्यान भएर रहनुभयो र त्यही बेलादेखि गाईको मूत्र र गोबरमा लक्ष्मीको निवास रहेको मानिएको हो । त्यसवेलादेखि गाईमा लक्ष्मीको बास रहेको मानेर गोपूजा हुँदै आएको मानिन्छ ।

त्यसैगरी महाभारतकै अनुशासन पर्वमा

यज्ञाङ्ग कथिता गावो यज्ञ एव च वासवस् ।
एताभिश्च विना यज्ञो न वर्तेत कथञ्चन ।। ८३/१७
धारयन्ति प्रजाश्चैव पयसा हविषा तथा ।
एतासां तनयाश्चापि कृषियोगमुपासते ।।८३/१८
जनयन्ति च धान्यानि बीजानि विविधानि च ।
ततो यज्ञास् प्रवर्तन्ते हव्यं कव्यं च सर्वशस् ।।८३/१९
पयोदधिघृतं चैव पुण्याश्चैतास् सुराधिप ।
वहन्ति विविधान् भारान् क्षुत्तृष्णापरिपीडितास् ।। ८३/२०
मुनींश्च धारयन्तीह प्रजाश्चैवापि कर्मणा ।
वासवाकूटवाहिन्यस् कर्मणा सुकृतेन च ।। ८३-२१

ब्रह्माजी इन्द्रलाई भन्नुहुन्छ- हे इन्द्र ! गाईलाई यज्ञको अङ्ग र साक्षात यज्ञ रूप नै बताइएको छ किनकि दूध, दही र घ्यूविना यज्ञ सम्पन्न हुन सक्तैन । यी गाईहरू आफ्ना दूध तथा घ्यूले प्रजाहरुको पोषण गर्छन् । गोपुत्र ( गोरू) कृषि कर्ममा प्रयुक्त हुन्छन् तथा अनेक प्रकारका धान्य एवं बिज पनि उत्पन्न गर्छन् । यिनै गोप्रजातिबाट नै यज्ञ सम्पन्न हुन्छ भने हव्य र कव्यका पनि सदा निर्वाह हुन्छ । हे इन्द्र ! यिनै गाईबाट नै दूध, दही र घ्यू प्राप्त हुन्छ । यी गाई असाध्यै पवित्र छन् । साँढे (गोरू) पनि भोकप्यासले पीडित भएर पनि नाना प्रकारका भारवहन गर्ने गर्छन् । यसरी गोप्रजाति आफ्ना कर्मले ऋषिहरू तथा प्रजाहरुको सदैव पालन गर्छन् । हे इन्द्र ! यिनीहरूको व्यवहारमा माया अर्थात् छलकपट हुँदैन । यिनीहरू सदैव सत्कर्ममै तल्लीन रहन्छन् ।

भगवद् गीताको प्रसङ्ग पनि यहाँनेर जोड्न आवश्यक देखिन्छ । भगवद् गीतामा

अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसंभवः
यज्ञाद्भवति पर्जन्यो यज्ञस् कर्मसमुद्भवस् ।।

अर्थात्, ‘समस्त प्राणीहरू अन्नबाट उत्पन्न हुन्छन् । वर्षाबाट अन्न पैदा हुन्छ । यज्ञबाट नै वर्षा हुन्छ । यज्ञको उत्पत्ति विहितकर्मबाट नै उत्पन्न हुन्छ’ भनिएको छ ।

यसरी गीतामा पनि यज्ञ नै सर्वोत्कृष्ट हितकारक साधन भएको र त्यसको आधार रुप नै गाई भएकाले पनि हिन्दू धर्ममा गाईको स्थान अत्यन्तै उच्च हुन पुगेको हो ।

हाम्रो समाजमा पनि खाना खानुअघि गाईलाई गोग्रास दिएरमात्रै भोजन गर्ने चलन अद्यापि चलिरहेकै छ । खानामा गोरस नहुनु अर्थात् गाईको दूध, दही, घ्यू बेगरको खाना खानु राम्रो होइन र खानामा सकेसम्म गोरस अनिवार्य रहनुपर्छ भन्ने नेपाली सामाजिक परम्परा नै छ । गाई र माई (आमा) एकै हुन् भन्ने सामाजिक भाष्य पनि रहेकै छ । यसको कारण चाहिँ गाई र मनुष्यको प्रजनन समय बराबर रहनु नै हो ।

यस्तै महाभारतकै आश्वमेध पर्वको वैष्णव धर्मखण्डमा गोग्रास दानको महिमा पनि बताइएको छ । साँढे (गोरू)लाई जगतको पिता हुन् र गाई जगतकी माता हुन् । यिनीहरूको पूजा गर्नाले सम्पूर्ण पितृ तथा देवताको पूजा हुन जान्छ । गोबरको लेपनले सभाभवन, मन्दिर घर तथा सर्वत्र पवित्र हुन जान्छ भने गाईभन्दा उत्कृष्ट प्राणी अरू के नै हुन सक्छ र ? जो मनुष्य एक वर्ष पर्यन्त आफूले भोजन गर्नुभन्दा अगाडि प्रतिदिन गाईलाई गोग्रास दिने गर्छ, उसलाई प्रत्येक समय गोसेवाको फल मिल्छ । हाम्रो समाजमा पनि खाना खानुअघि गाईलाई गोग्रास दिएरमात्रै भोजन गर्ने चलन अद्यापि चलिरहेकै छ । खानामा गोरस नहुनु अर्थात् गाईको दूध, दही, घ्यू बेगरको खाना खानु राम्रो होइन र खानामा सकेसम्म गोरस अनिवार्य रहनुपर्छ भन्ने नेपाली सामाजिक परम्परा नै छ । गाई र माई (आमा) एकै हुन् भन्ने सामाजिक भाष्य पनि रहेकै छ । यसको कारण चाहिँ गाई र मनुष्यको प्रजनन समय बराबर रहनु नै हो । सनातन हिन्दू परम्परामा गोग्रास दिएरमात्रै घरका सदस्यहरूले भोजन गर्नुपर्ने चलन अद्यापि प्रचलनमै छ ।

केही दशकअघिसम्म कसैले कसम खानुपर्दा ‘गाईको मासु खानु परोस्’ भन्ने वचन लिएर आफ्नो निर्दोषपन वा वचनबद्धता प्रकट गर्ने गर्थे । गाई कालगतिले मर्दा समेत गोठमै मरेमा, दाम्लोसहितकै अवस्थामा मरेमा त्यसको विशेष प्रकारले प्रायश्चित्त गर्नुपर्ने संस्कार हुनुका साथै गाईगोरू बिक्री गर्दासमेत विधर्मीहरूलाई वा गोमांस भक्षण गर्नेहरूलाई नबेच्नू भन्ने सामाजिक परम्परा पनि रहेकै हो । जन्मेदेखि मरणसम्मका क्रियाकलापहरूमा, जूठो-सुतकमा आवश्यक पर्नेदेखि लिएर पहिले पहिले नेपाली भान्साघरहरूमा भोजनका पश्चात् गाईको गोबरले नै छरिएका जुठा उठाउनुपर्ने चलन थियो, जो अद्यापि कतै कतै प्रचलनमै पनि छ ।

गाईको अर्को मुख्य विशेषता के हो भने गाईलाई दुहुन जाने बेलामा दुहुने व्यक्तिलाई गाईले सुँघ्ने गर्दछ । गाईले सुँघेरै मनुष्यको शरीरमा भएका रोगको पहिचान गर्ने र सो रोग निदानका लागि आवश्यक पर्ने जडिबुटी तथा घाँसहरूको सेवन गरेर त्यसलाई दूधका रूपमा दिने गर्छ । गाईबाट नै सबैले आफूलाई चाहिने जति चिज दुहेर लागेको कुराको प्रसङ्ग भागवदमा राजा पृथुको प्रसङ्गमा पनि आउँछ । यसका साथै सपनामा समेत गाई देखिएका शुभ हुने मान्यता पनि छ । सपना अर्थात् अवचेतन मनसम्म पनि बास गर्न पुगेको गाईको महिमा हिन्दू परम्परामा जति अन्यत्र कतै पनि छैन र गाईलाई एक जनावरभन्दा माथि राखेर पूजनको परम्परा पनि हिन्दू सभ्यतामै छ ।

प्राचीन आर्य साहित्य तथा वैदिक ग्रन्थहरूमा समेत कुनै विशेष उद्देश्य प्राप्तिका निमित्त गोमेध याग गरिने प्रसङ्ग आउँछ भने साहित्यिक ग्रन्थहरू हेर्दा पनि गोमांस भक्षणका प्रसङ्ग आउने गर्छन् । त्यस्तै विश्व प्रसिद्ध दार्शनिक स्वामी विवेकानन्दले गोमांस भक्षण खासै ठूलो कुरा नरहेको बताएका छन् । प्राच्य कालमा गोमांस भक्षण र गोवध सामान्य रहे पनि कालान्तरमा युगानुकूल त्यसको निषेधको प्रमाण पाइन्छ । त्यसरी निषेध गरिनुको कारण चाहिँ गोमांस भक्षण गर्नाले मनमा उत्पन्न हुने उग्र तामसिक विचार नै हो भनेर बुझ्न सकिन्छ । कलियुगमा गोवध निषेधसँगै अन्य केही कुरा पनि निषेध गरिएको पाइन्छ ।

अग्न्याधानं गवालम्भं संन्यासं पलपैतृकम् ।
देवराच्च सुतोत्पत्तिस् कलौ पञ्च विवर्जयेत् ।।

अर्थात्, अग्निहोत्र कर्म, गोमेध याग, सन्न्यास, मासुको पिण्डदान, देवरबाट सन्तान उत्पत्ति गर्ने जस्ता पाँच कुरा कलियुगमा बर्जित छन् ।

शास्त्रमा गाईको अवस्था हेर्दै जाँदा

१) महाभारतको अनुशाशन पर्वमा

क) गाई नै लक्ष्मी (धनधान्य)को मूल हो र गाईमा पाप रहेको जानिएको छैन । ५१/२८

ख) गाई नै स्वर्गको सोपान हो, गाई नै स्वर्गमा पुजित हुन्छिन् । गाईले नै समस्त अभिलषित वस्तु दिने हुनाले गाईभन्दा श्रेष्ठ वस्तु अन्य केही छैन । –६९/७

गोवध गर्ने तथा गोमांस भक्षण गर्नाले रोध नाम गरेको नर्कमा जानुपर्ने कुरा गरुड पुराण, धर्मकाण्ड, प्रेतकल्पको अध्याय ३ मा उल्लेख भएको पाइन्छ भने गोवध-भ्रुणहत्या र आगो लगाउनेलाई समान कर्मका रूपमा पनि लिइएको पाइन्छ ।

ग) यस संसारमा गोधनको तुलनामा अन्य कुनै धन देखिँदैन । -५१/२६

घ) गाई नै समस्त भूतहरू (प्राणीहरू को शरणस्थल हो । -६६/५०

ङ) गाई नै समस्त प्राणीहरूको मातासमान सुखदायी छ । -६९/७

च) गाईको बीचमा ईश्वर अर्थात् पशुपति हुन्छन् । -७७/२९

छ) गाई नै समस्त प्राणीहरूको आधार हो र गाई नै उनीहरूको महान सम्पत्ति हो । -७८/५

ज) गाई नै भूत र भविष्य हो । गाई नै सदा विद्यमान रहने पोषणको कारण हो । गाई नै लक्ष्मी हो र गाईलाई दिइएको कुरा नष्ट हुँदैनन् । -७८/६

झ) गोमूत्र तथा गोबरलाई घृणा नगर्नू तथा गोमांसको भक्षण नगर्नू । यसो हुनाले मनुष्यले पुष्टि प्राप्त गर्छन् । -७८/१७

ञ) गाई भएर नै हामी छौं । -७८/२४

ट) गाई नै श्रेष्ठ, पवित्र, पावन अर्थात् पूज्या र सर्वोत्तम छ । -८३/३

२) गाई मनुष्यको बन्धु हो र मनुष्य नै गाईको बन्धु हो । जसको घरमा गाई छैन, त्यो घर बन्धुरहित छ । -पद्म पुराण सृष्टि खण्ड ४८/१५६

३) मा गामनागामदितिं वधिष्ट । अर्थात्, निरपराध गाईको वध नगर्नू । -ऋग्वेद ८/१०१/१५

४) सम्पूर्ण विश्व नै गाईको स्वरूपमा रहेको छ । -अथर्व वेद ९/७/१/२५
अ) गाईको पति अर्थात् साढें वा गोरू अवध्य छ । -अथर्व वेद ९/४/१७

आ) गाई नै सम्पत्तिको घर हो । -अथर्ववेद ११/१/३४

५) गाईको कुनै उपमा छैन । -शुक्ल यजुर्वेद २३/४८

६) गाईको महिमा महान छ । -शतपथ ब्राह्मण ३/३/३/१

७) सर्वदेवमयी गाईको देहमा सबै देवताहरू रहन्छन् । -बृहत पराशर स्मृति ३/३३

यसरी धर्मशास्त्रहरूमा गाईको महिमा तथा उपादेयता प्रस्तुत गरिएकै कारणले सनातन धर्म मान्ने नेपालीहरूका माझमा गाईको विशेष स्थान रहन गएको हो । गाईसँगै अन्य कुराको पनि विशेष स्थान रहेको छ ।

सनातनीहरूमा विशेष गरेर ५ ‘ग’ अर्थात्, गौ, गङ्गा, गीता, गायत्री र गुरुको विशेष स्थान रहेको छ । यी ५ ‘ग’विना सनातनी संस्कार पूरा हुँदैन र यी ५ ‘ग’ कै आधारमा सनातन हिन्दू धर्म अडिएको छ भन्दा पक्कै पनि अत्युक्ति हुनेछैन ।

गोमांस भक्ष्य पदार्थ हो वा होइन भन्ने विषयमा सनातन शास्त्रहरूले गोमांस भक्ष्य पदार्थ नरहेकै पुष्टि गर्दछ ।

मनुस्मृतिको एकादश अध्यायमा गोहत्यार गोवध गर्ने कार्यलाई उपपातक दोषको संज्ञा दिइएको छ । गोवध गर्नाले उपपातक बन्नुपर्ने हुन्छ भने उपपातक कर्म वा दोषलाई महापातक कर्मकै रूपमा लिइएको पाइन्छ ।

त्यस्तैगरी गोमांस भक्षणको असर केके हुन सक्छ ? भन्ने विषयमा शतपथ ब्राह्मण नामक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । ‘गोमांसको भक्षण नगर्नू, किनकि गाई र साढेंले नै समस्त विश्वको धारण गरेका हुन्छन् । यसैकारणले गर्दा अन्य प्राणीका जो वीर्य र पराक्रम छ, ती सबै गाई र साढेंमा प्रयुक्त भएका छन् । यसै कारणले गर्दा गाई र साढें अधिक भोजन गर्नेवाला भएका छन् । यदि गाई र साढेंको मासु खाने हो भने उसले सबै कुराको भक्षण गरेको दोष आइलाग्नेछ र अन्तमा सबै नाश भएर जानेछन् र अन्तमा अद्भूत पापयोनीमा जन्म लिन पुग्नेछन् । भनिन्छ- यसले पत्नीको गर्भको नाश गरिदियो, त्यसैले यो पापिष्ठ भोजन हो । जसले गोमांस खान्छ, उसको कीर्ति पापयुक्त हुन्छ । त्यसैले गोमांसको भक्षण नगर्नू । -शतपथ ब्राह्मण ३/३/२/२१

त्यस्तै गरेर महाभारतकै आश्वमेधिक पर्वको वैष्णव धर्मपर्वअन्तर्गत दाक्षिणात्य अध्यायअन्तर्गत गोवध प्रसङ्गमा पनि ‘जो मोहवश गाईको शरीरबाट रक्त निकाल्छ, त्यस्तो पापात्मा त्यस पापको प्रभावले निःसन्देह नरकमा पर्छ’ भनी भनिएको पनि छ ।

गोवध तथा गोमांस भक्षणका लागि प्रायश्चित-

गौतम धर्मसूत्रमा गोवध गरेमा त्यसको प्रायश्चित्त गर्नुपर्ने विधान बताइएको छ भने कसैले गोवध गरेमा त्यसरी गोवध गर्नेले एक व्यापारी मारेबापतको प्रायश्चित गर्नुपर्ने विधान छ । त्यस्तैगरी मनुस्मृतिको एकादश अध्यायमा पनि गोवध गरेकामा प्रायश्चित गर्नुपर्ने विशेष विधान छ । मनुस्मृतिका अनुसार गोवधको प्रायश्चित यस्तो छ- ‘गोवध गर्नेवाला उपपातक मनुष्यले आफ्नो शीर मुण्डन गरेर मारिएको गाईको छालाले आफ्नो शरीर ढाकेर गोशालामा निवास गर्नू तथा एक महिनासम्म जौको धूलोलाई पानीमा मिसाएर पिउनू । त्यसपछिको थप दुई महिनासम्म प्रत्येक चौथो प्रहरमा मात्रै नूनरहित सीमित अन्नमात्रै भोजन गर्नू । स्नानका समयमा गोमूत्रले स्नान गर्नू । दिनभर गोशालामा गाईको अनुगमन गर्नू । गोधुलीको पान गर्नु तथा गोसेवा गरेर गाईलाई नमस्कार गरेर रातमा वीरासन मुद्रामा रहनू । संयम भएर गाईको चेष्टाको अनुरूप क्रिया गर्नू अर्थात् गाई हिंड्दा हिंड्नु तथा बस्दा बस्नू । रोगले आक्रान्त वा भयले आक्रान्त वा समस्याले ग्रस्त गाईको जसरी भए पनि उद्धार गर्नू । जस्तोसुकै वातावरणमा पनि आफ्नोभन्दा गाईको उद्धारलाई प्राथमिकता दिनू र गाईले गरेको अपराध कर्मका बारेमा कसैलाई नसुनाउनू । यस्तो किसिमले जसले गाईको अनुगमन गर्छ, ऊ गोहत्याबाट उत्पन्न पापलाई तीन महिनामा दूर गर्न सक्छ ।’

गोवध गर्ने तथा गोमांस भक्षण गर्नाले रोध नाम गरेको नर्कमा जानुपर्ने कुरा गरुड पुराण, धर्मकाण्ड, प्रेतकल्पको अध्याय ३ मा उल्लेख भएको पाइन्छ भने गोवध-भ्रुणहत्या र आगो लगाउनेलाई समान कर्मका रूपमा पनि लिइएको पाइन्छ ।

धर्मशास्त्रले जेजे व्यवस्था गरेको भए पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने गोवध र गोमांस भक्षण कसैका लागि पनि राम्रो होइन र हुन पनि सक्तैन । शतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भए जस्तै गोवध हुने स्थान र गोमांस भक्षण गर्नाले स्थान र व्यक्ति दुबैलाई नराम्रो असर गर्ने गर्छ ।

सनातन हिन्दू व्यवस्थामा गाईको महत्त्व उच्च छ । गाईको दुग्धादि पदार्थदेखि लिएर मलमूत्रसमेत मानव जीवन र मानव कर्ममा सर्वोत्कृष्ट रहेको कुरा अब केवल धर्मशास्त्र वा परम्परामा मात्रै सीमित छैन अपितु विज्ञानले पनि गाईलाई निकै महत्त्वका साथ प्रस्तुत गर्न थालेको धेरै नै भइसक्यो । कोही इतिहासकारहरूले प्राच्य कालमा गोवध हुने तथा गोमांसको भक्षण हुने कुरालाई स्वीकार गर्ने गरेको भए पनि आधुनिक समय र आधुनिक विज्ञानले समेत गोमांसको भक्षण उचित नरहेको बताएको र हाम्रो परम्परा तथा संस्कार अनि प्राच्य ग्रन्थहरूले समेत गोवध र गोमांस भक्षणको निषेध गरेको तथ्य उपलब्ध नै छ ।

गोमांस भक्षण गर्नाले लाग्ने अर्को एउटा दोष हो, भावदुष्ट दोष । भावदुष्ट दोषका कारणले गर्दा खाएको खाद्यपदार्थले यथोचित शरीरमा काम गर्न सक्तैन भने त्यसले नकारात्मक भावना पैदा गर्ने र हीनताबोधको अवस्था उत्पन्न हुने हुन्छ । बहुसंख्यक गोपूजकहरू रहेका स्थानमा गोवध गरेर तथा गोमांस भक्षण गरेर कुनै किसिमको पुरुषार्थ पनि सिद्ध हुन सक्तैन । क्षणिक मनोरञ्जन तथा अहङ्कारको प्रस्तुति त पक्कै दिन सकिएला । तर, त्यसको दीर्घकालीन असर आफैंमा हुन जान्छ । भावदुष्ट दोषको परिणामस्वरूप जीवनमा पछिल्ला कालखण्डमा पश्चाताप, निराशा, हीनताबोधको शिकार बन्नुपर्ने हुन्छ ।

धर्मशास्त्रले जेजे व्यवस्था गरेको भए पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने गोवध र गोमांस भक्षण कसैका लागि पनि राम्रो होइन र हुन पनि सक्तैन । शतपथ ब्राह्मण ग्रन्थमा उल्लेख भए जस्तै गोवध हुने स्थान र गोमांस भक्षण गर्नाले स्थान र व्यक्ति दुबैलाई नराम्रो असर गर्ने गर्छ । हामी नेपालीहरूले संसारमा सबैभन्दा कम युद्ध गरेका छौं । बुद्धका देशका हामीहरू अहिंसाका पुजारी पनि हौं । गोमांस भक्षण गर्नाले मति भ्रष्ट हुने कुरा र गोमांस भक्षकले गरेका सम्पूर्ण कीर्तिहरू, उसका योगदानहरू सबै अपकीर्तिमय तथा कुख्यातिका रूपमा चिनिने हुन्छन् । सके सबैले सुख्याति प्राप्त गर्दै उत्तम कीर्तिहरू राख्दै जीवन बिताउनु राम्रो हुन्छ । यदि त्यस्तो गर्न नसकेको खण्डमा भने कुख्याति तथा अपकीर्ति बनाउनेतर्फ अघि नबढ्नु नै राम्रो हुन्छ । खुलेआम गोवध हुने र गोमांस भक्षण हुने स्थानहरू आज पनि कुनै न कुनै किसिमका समस्याले आक्रान्त रहेकै छन् ।

शास्त्रनिषिद्ध मांसको भक्षण गर्दा त्यसले मान्छेमा शान्ति दिन नसकेको र सर्वदा अशान्तिको छायाँमा ग्रस्त रहनुपरेको सबैले देखेकै कुरा हो । गएको सशस्त्र द्वन्द्वकालमा गोवध गरेर गोमांस भक्षण गर्नेहरूले कतिसम्मका कृत्यहरू गरे ? त्यो सबैलाई थाहा भएकै कुरा हो । गावो विश्वस्य मातरम् भनेर हामी गाईलाई मातासमान मानेर पूजा गरिरहेका छौं र त्यही गाई, जसले विश्वलाई नै धारण गरेको छ । त्यस्तो गाईको वध गर्न पाउनुपर्छ भन्दै माग हुनु त्यति जायज कुरा पनि होइन । हामीहरू ‘द्यौस् शान्तिरन्तरिक्ष शान्तिस्….’ भनेर समस्त विश्वमा शान्तिको कामना गर्दै वैदिक मन्त्रहरू वाचन गरिरहेछौं । त्यही देशमा आज खुलेआम गोवध हुनु र गोमांस भतेर गरेर कानूनी राज्यलाई चुनौती दिँदै बहुसंख्यक जनताको हृदयमा चोट पुर्‍याउने कार्यलाई कसरी सामान्य मान्न सकिएला र ? संविधानतः गाई नेपालको राष्ट्रिय जनावर हो र गोवध कानूनी तौरमा पूर्ण रूपले निषेध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *