प्रष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रम कार्यान्वयन हुन सकेन : चन्द्र ढकाल (भिडिओ) – Nepal Press

प्रष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रम कार्यान्वयन हुन सकेन : चन्द्र ढकाल (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए ।

उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रमहरू समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे ।

अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धी स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए । उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरूलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने बताए ।

अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गरे । उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए । उनले स्टार्टअप प्रवर्द्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन प्रभावकारी र क्रियाशील बनाउन जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *