प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासनको स्थापित गराउँछ भन्ने विश्वास हट्यो : प्रभु शाह (भिडिओ) – Nepal Press

प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासनको स्थापित गराउँछ भन्ने विश्वास हट्यो : प्रभु शाह (भिडिओ)

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारको संविधानको अपमान गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोशी प्रदेश सरकार गठनलाई सर्वोच्चले दुई पटक असंवैधानिक भनिसकेको बताए ।

उनले भने, ‘हामी एकअर्कालाई हामी प्रतिगामी भन्छौं कोशी प्रदेशमा के भइरहेको छ ? सरकारसँग हामी जान्न चाहन्छौं ? जो सरकारमा छ त्यसैले आफू अनुकुल व्याख्या गर्ने भएपछि कसरी त्यसलाई संवैधानिक सर्वोच्चता भन्न मिल्छ ?’

पहिले राजालेजस्तै अहिले शीर्ष नेताहरूले पनि आफूअनुकूल संविधानको व्याख्या गरेको बताए । उनले भुटानी शरणार्थी प्रकरणमा जनताले गरेको आशा सपनाजस्तो भएको बताए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासनको स्थापित गराउँछ भन्ने विश्वास अब नरहेको बताए ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिएको प्रति साहले आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर