हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर – Nepal Press

हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

काठमाडौं । हिमालयन बैंकले ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।

बैंकले ‘कनेक्ट आईपीएस’ संगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले बैंकको मोबाइल बैकिङ्ग ‘एचआई-एमबी’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

अफर भदौ १ गतेदेखि भाद्र ३१ सम्म चल्ने यस अफरमा फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ भने विजेताको घोषणा बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *