महरा लक्षित विश्वप्रकाशको टिप्पणी- शक्ति र सत्ताको आडमा ढाकछोप गर्न खोजे हामी स्वीकार्दैनौं
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन्।
पाल्पाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुन काण्डमा जोकोही संलग्न रहे पनि कानूनी कठघरामा ल्याउनुपर्ने बताए ।
उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई लक्षित गर्दै दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा आफूहरुले उम्कन नदिने बताए ।
उनले भने, ‘सुन काण्डका विषयमा अहिले सीआईबीले छानबिन गरिरहेको छ । कुनै जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट हुँदैन । छानबिनको क्रममा रहेकाले संलग्न सबैलाई कारबाही हुन्छ ।’
उनले सुन कसरी भित्रिरहेको छ भन्ने कुरा अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्ने प्रष्ट्याए ।
उनले थपे, ‘कानूनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न हुँदैन । दल आफैंले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्छ ।’
लेउवाको पुच्छरले धेरै धक्कु नलगाउने कि ? फेरि कति पटक चिसो पानीले नुहाउनु ?