लिङ्देनले भने- हामीले चाहे कोशीको मुख्यमन्त्री नै पाउँछौँ, गठबन्धनलाई सघाउने सहमति भएकै छैन (भिडिओ)
लिङ्देनको प्रश्न- एमालेले ३ समितिको सभापति पायो, हामीले एउटा पाउँदा गठबन्धनलाई सघायो भन्ने ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको प्रष्ट पारेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको प्रष्ट पारे ।
लिङदेनले भने- कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ ।