जघन्य अपराधीलाई माफी दिन ल्याएको विधेयकमा लेखकले भने- हाम्रो न्यायिक पद्धतिमा प्रभाव पार्छ (भिडिओ) – Nepal Press

जघन्य अपराधीलाई माफी दिन ल्याएको विधेयकमा लेखकले भने- हाम्रो न्यायिक पद्धतिमा प्रभाव पार्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्न नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्नेगरी पारित गर्न नहुनेमा जोड दिएका हुन् ।

उहाँले भन्नुभयो, ‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहहरू जुन हिंसात्मक क्रियाकलाप छोडेर अहिलेको मूलधारको राजनीतिमा संविधानलाई मानेर, व्यवस्थालाई मानेर यदि शान्तिपूर्ण राजनीतिमा फर्किन चाहन्छन् भने त्यसका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ भने त्यो सहमतिअनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ । यसलाई यसैरूपमा पारित गर्नुहुन्न । म यो आग्रह गर्न चाहन्छु । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ । किनभने यसले हाम्रो न्यायिक पद्धतिमा नै केही महत्वपूर्ण प्रभाव पार्ने भएको हुनाले यसलाई यसैरूपमा पारित गर्नुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *