सन्दीपको मुद्दाबाट पन्छिन न्यायाधीशको छलछाम, फैसला प्रभावित पार्न बाह्य गिरोहको ‘इन्तजाम’
क्रिकेटर सन्दीप लामिछाने हिजो एसिया कप क्रिकेट खेल्न पाकिस्तान उडे, तर विचाराधीन मुद्दाको बोझले थिचेको गह्रुंगो छाती लिएर । अदालतबाट सफाइ पाएर उच्च मनोबलका साथ भारत-पाकिस्तानसँग भिड्ने उनको चाहनामा तुषारापात भएको छ ।
हरेकपटक जब नेपाली क्रिकेट टीमको महत्वपूर्ण प्रतियोगिता हुन्छ, सन्दीपविरुद्ध एउटा संगठित गिरोहले चर्को स्यालहुइँया मच्चाउने गर्छ । अदालतमा मुद्दाको पेशी यस्तै बेला पारिन्छ । उद्देश्य के हो भने, मुद्दाको तनाव र नकारात्मक समाचारको भेलले सन्दीपको मनोबल कमजोर होस् र उनले मैदानमा गतिलो खेल्न नसकुन् । संगठित गिरोहले सुरूमा सन्दीप राष्ट्रिय टीममा नै पर्नु हुँदैन भनेर भयानक लविङ गर्यो । एक दर्जनजति ट्वीटे अभियन्ता प्ले कार्ड बोकेर माइतीघरमा दुबो माड्नसमेत पुगे । तर, केही लछारपाटो लागेन । अहिले उनीहरू मुद्दाको फैसला प्रभावित पार्ने र सन्दीपलाई जसरी पनि जेलमा पुर्याउने योजनावद्ध रणनीतिमा छन् ।
आकारमा सानो भए पनि यो गिरोह निकै शक्तिशाली छ । यसमा विभिन्न पार्टीका पपुलिस्ट नेता, डलरको वास्ना आएपछि यो ‘वादी’ र त्यो ‘वादी’ भन्दै जता पनि कुद्ने अभियन्ता, कथित पहिचानवादी धारका प्रायोजित बुद्धिजीवी, आफूलाई सर्वज्ञानी ठान्ने दो-चार ट्वीटे गफाडी र केही स्वनामधन्य पत्रकारसमेत छन् । यति बलियो जुगलबन्दी भइसकेपछि चाहेको जस्तो एजेन्डा सेटिङ गर्न उनीहरूलाई कसले रोक्ने ? आफूहरूमाथि थोरैमात्र विमति राख्ने पात्रहरूलाई छानिछानि सिध्याउनमा गिरोह सिद्दहस्त छ ।
एकथरिले सन्दीपलाई ‘स्टार’ भनेर अदालतले अतिरिक्त सहुलियत दिएको भन्दै ढिँढोरा पिटिरहेका छन् । के सहुलियत दियो अदालतले ? के उनलाई क्रिकेट खेल्नै रोक लगाइनु पर्थ्यो ? त्यस्तो कुन कानून नेपालमा छ, जसले धरौटीमा छुटेको एउटा खेलाडीलाई खेल्नबाट रोक्छ ? नेपालमा मात्र होइन, विश्वका अधिकांश देशमा यस्तो छैन । आरोप लाग्दै गर्छ, मुद्दा चल्दै गर्छ, खेलाडीहरू खेल्दै गर्छन् ।
तर, यतिबेला यो गिरोह अलिकति तनावमा किन छ भने उनीहरूको कुरा जनताले पत्याउन छोडे । गिरोहले जस-जसको खेदो खन्छ, उनीहरू झन् शक्तिशाली र लोकप्रिय भएर निस्किन्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि काठमाडौंका मेयर बालेन साहसम्म र रवि लामिछानेदेखि सन्दीप लामिछानेसम्मलाई अत्यन्तै सुविचारित ढंगले प्रहार गर्दा पनि उनीहरूको केही बिगार्न नसकेकोमा यो गिरोह दिक्क छ ।
ज्ञानेन्द्र शाह राजगद्दी छोडेर चुपचाप एउटा सर्वसाधारणको रूपमा तीर्थाटन गर्दै हिँडिरहेका थिए । तर, गिरोहले अनाहकमा कोतर्दा-कोतर्दा उनी फेरि शक्तिमा फर्किन उद्वेलित भइरहेका छन् । यतिमात्र होइन, देशमा फेरि राजसंस्था चाहिन्छ भन्नेहरूको आवाज दिनानुदिन चर्को बनिरहेको छ ।
गिरोहको एकीकृत प्रहार खेप्नेमा अहिलेका मेयर बालेन्द्र साह पनि छन् । मेयरमा निर्वाचित भएदेखि उनको तेजोवध गर्न कुनै कसर बाँकी राखिएन । तर, हात लाग्यो शून्य । गिरोहप्रेरित मिडियावाजीको बहकाउमा जनता परेका भए बालेन्द्र यतिबेला ठाउँठाउँबाट लखेटिने परिस्थितिमा हुन्थे । तर, उनको त हाइहाइ छ । जहाँ जाँदा पनि उनलाई हेर्न मानिसहरूको भिड लाग्छ ।
रवि लामिछाने राजनीतिमा हाम्फालेपछि उनीमाथि पनि त्यस्तै आक्रमण भयो । उनलाई चुनाव जित्नै नदिने रणनीतिसहित अनेकन प्रपोगाण्डा मच्चाइए । तर, लामिछानेले देशमै सर्वाधिक मतान्तरले चुनाव जिते । पहिलो चुनाव जितेपछि अदालतले उनको नागरिकतालाई अवैध भनिदियो । मन्त्री र संसद पदसमेत खारेज भयो । गिरोहले क्षणिक उत्सव मनायो । उपचुनावअघि फेरि आक्रमण तेज पारियो । तर, जनताले पहिलेभन्दा पनि धेरै मत दिएर उनै रविलाई जिताए ।
अहिले चाहीँ गिरोह क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा सुँड पसारेको छ । उनीविरुद्ध मुद्दा दायर भएको एक वर्ष पुग्न लागिसक्यो । तर, छिनोफानो भएको छैन । हुन त, नेपालमा यस्ता मुद्दाहरू किनारा लाग्न वर्षौं लाग्ने गरेका छन् । तर, सन्दीपको मुद्दा आमचासोको विषय रहेको भन्दै सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट चाँडो फैसला गर्न जिल्ला अदालत काठमाडौंलाई आदेश गरेको थियो । जिल्ला अदालतले भने उल्टो बुझ्यो कि के हो, विभिन्न बहाना गर्दै मुद्दाको फैसला लगातार पछि धकेलिरहेको छ, त्यो पनि कुनै तार्किक आधार र कारणविना । दर्जनौंपटक पेशी तोकिएर स्थगित भइरहेका छन् । पछिल्लो ६ महिनामा गौशला २६ लाई एक लाख रूपैयाँ क्षतिपूर्ति दिनेबाहेक मुद्दामा अर्को प्रगति छैन ।
बहस स्थगनका बहानामा पनि अमिल्दा र हास्यास्पद छन् । जस्तो कि गत ३१ भदौमा तोकिएको सुनवाइ जाहेरीकर्ता गौशाला-२६ कि आमाको जन्ममिति स्पष्ट पार्ने कागजात ल्याउन आदेश गर्दै स्थगित भयो । छोरीमाथि भएको भनिएको घटनामा आमाको जन्ममिति किन यति महत्वपूर्ण हुन्छ ? यदि महत्वपूर्ण थियो भने एक वर्षसम्म आवश्यक सबै कागजातहरू किन मगाइएन ? जबकि उनको दोहोरो जन्ममिति भेटिएको तथ्य बाहिर आएको धेरै अगाडि हो ।
खासमा, गत वैशाख ११ गते नै सन्दीपको मुद्दामा अन्तिम सुनवाइ सुरू भएको थियो । त्यस दिन वादीतर्फका वकिलहरले तीन घन्टा बहससमेत गरेका थिए । यसरी सुनवाइ सुरू भइसकेपछि समयाभावका धारण त्यस दिन फैसला हुन नसके मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखेर सोही इजलासले बहसलाई निरन्तरता दिनुपर्ने हुन्छ । अहिलेसम्म चलिआएको प्रचलन यही हो । तर, त्यसबेला तर, न्यायाधीश दीपक ढकालले मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राख्न ठाडै इन्कार गरे । उनले अर्को दिन फेरि पेशी चढ्ने घोषणा गरेपछि त्यो सुनवाइ नै रद्द भयो । त्यसयता अर्को सुनवाइ हुन सकेको छैन ।
अदालतमा दुवै पक्षले आ-आफ्नो तर्फबाट घटनासँग सम्वन्धित सबै सबुतप्रमाणहरू पेश गरिसकेका छन् । सर्वोच्च अदालतले नै यो मुद्दालाई लिएर स्पष्ट मार्गदर्शन गरिसकेको छ । तर, जिल्ला अदालतका न्यायधीशहरू मुद्दाको फैसला आफूबाट पन्छाउने होडमा छन् । खासमा न्यायमूर्तिहरूलाई फैसला विवादित हुने डर छ । सन्दीपको विपक्षमा फैसला गर्दा जनमानसमा विरोध हुने र उनको पक्षमा फैसला गर्दा गिरोहको आक्रमणमा परिने दोहोरो दबाबका कारण न्यायधीसहरू टक्टकिएका हुन् भन्ने अनुमान गर्न कठिन छैन । तर, न्याय सम्पादनको जिम्मेवारी लिएकाहरूले नै यसरी विवादको डरले फैसलाबाट पन्छिँदै जाने हो भने आखिर न्याय दिन्छ कसले ?
यो मुद्दा लम्बिँदा सन्दीपलाई मात्र होइन, स्वयम् जाहेरीकर्ता गौशाला-२६ पनि मानसिक प्रताडनामा परेकी छन् । उनी आफ्नो पहिचानै लुकाएर बाँच्नुपर्ने परिवन्धमा छिन् । खुल्ला छोडिएमा बयान फेर्नसक्ने डरले गिरोहले सुरूदेखि उनलाई आफ्नो कब्जामा राखेको थियो । उनलाई एउटा अपराधीजस्तो मुख लुकाएर हिँड्न बाध्य पारिएको छ । यस्ता मुद्दामा यदि जाहेरीकर्ताले चाहेमा खुलेर बाहिर आउन नसक्ने होइनन् । तर, किन गौशाला-२६ लाई अघोषित नजरबन्दमा राखिएको छ ? किनकी गिरोहलाई अझै पनि डर छ कि आफूहरूले बनाएको भाष्यभन्दा विपरीत बाहिर नबोलुन् । अदालतमा दिएको बयान नफेरुन् ।
तर, यसो गर्दा एक नारीको जीवनमाथि खेलवाड भइरहेको छ । उनले आफू एकदमै कठिन अवस्थाबाट गुज्रिरहेको बताएकी छन् । बाँच्नसमेत नसक्ने अवस्थामा पुगेको भनेर सामाजिक सञ्जालमा लेखेकी छन् । औषधिको ओभरडोज खाएर ‘आत्महत्या प्रयास’ समेत गरेको समाचारहरू आएका छन् । त्यसैले गौशाला २६ को जीवनरक्षाका लागि उनलाई छिटोभन्दा छिटो यो कैदबाट बाहिर निकालिनुपर्छ । उनलाई पहिचान सार्वजनिक गर्न अनुमति दिनुपर्छ । कसैको उक्साहट र अतिरञ्जनाबिना मनमा लागेको कुरा बोल्ने मौका दिनुपर्छ । तबमात्रै उनी हलुका हुन सक्छिन् ।
बहस स्थगनका बहानामा पनि अमिल्दा र हास्यास्पद छन् । जस्तो कि गत ३१ भदौमा तोकिएको सुनवाइ जाहेरीकर्ता गौशाला-२६ कि आमाको जन्ममिति स्पष्ट पार्ने कागजात ल्याउन आदेश गर्दै स्थगित भयो । छोरीमाथि भएको भनिएको घटनामा आमाको जन्ममिति किन यति महत्वपूर्ण हुन्छ ? यदि महत्वपूर्ण थियो भने एक वर्षसम्म आवश्यक सबै कागजातहरू किन मगाइएन ?
तर, संगठित गिरोहलाई आफ्नो अहम् तुष्टीका लागि जसरी पनि सन्दीपलाई जेलमा जाक्नु छ । एक दिन भए पनि सन्दीपलाई जेलमा देख्न चाहन्छन् उनीहरू । त्यसैले फैसला प्रभावित गर्ने स्पष्ट मनसायसाथ ‘मिडिया ट्रायल’ भइरहेको छ । मुद्दामा दुवै पक्षले पेश गरेका प्रमाण आधिकारिक हुन् कि होइनन् भनेर निर्क्यौल गर्ने काम अदालतको हो । तर, सन्दीपले पेश गरेका कागजातलाई चैं नक्कली भनेर जुन प्रचारवाजी गरिएको छ, त्यो न्यायसम्पादनमाथिको विभत्स अतिक्रमण हो ।
अदालतले केही दिनअघि सन्दीपलाई बोलाएर उनले जुटाएका कागजातहरूबारे सोध्यो । यो एउटा सामान्य अदालति प्रक्रिया थियो । तर, यसलाई पनि यसरी मिडियावाजी गरियो कि मानौं, सन्दीपले ठूलै कीर्ते गरेका छन् । उनले कहाँबाट कसरी कागजात जुटाए भन्ने विषय अदालतका लागि महत्वपूर्ण हो कि ती कागजातको वैधानिकता खुट्याउनु ? मुद्दाको पक्षले आफ्नो बचाउका लागि प्रमाण त जसरी पनि जुटाउन प्रयास गर्छ । यदि नक्कली कागजात हुन् भने त्यो चाहीँ बदमासी हुन्छ । तर, सन्दीपका पक्षबाट पेश भएका सबै कागजात आधिकारिक नै देखिएको अवस्थामा यो कागज कसरी ल्याइस, त्यो कसले दियो ? भनेर ठूलो इस्यू बनाउन खोज्नुले कुनै तुक राख्छ ?
एकथरिले सन्दीपलाई ‘स्टार’ भनेर अदालतले अतिरिक्त सहुलियत दिएको भन्दै ढिँढोरा पिटिरहेका छन् । के सहुलियत दियो अदालतले ? के उनलाई क्रिकेट खेल्नै रोक लगाइनु पर्थ्यो ? त्यस्तो कुन कानून नेपालमा छ, जसले धरौटीमा छुटेको एउटा खेलाडीलाई खेल्नबाट रोक्छ ? नेपालमा मात्र होइन, विश्वका अधिकांश देशमा यस्तो छैन । आरोप लाग्दै गर्छ, मुद्दा चल्दै गर्छ, खेलाडीहरू खेल्दै गर्छन् । अभियोग प्रमाणित भए जेल जान्छन् । जेल सजाय काटेर निस्किएपछि पनि खेल्छन् । अष्ट्रेलियाका दिवंगत क्रिकेटर शेन वार्न लागुऔषध दुर्व्यसमा दोषी प्रमाणित भएर १८ महिना जेल बसे । जेलमुक्त भएपश्चात फेरि राष्ट्रको प्रतिनिधित्व गरेर खेले । यस्ता उदाहरण कैयन् छन् । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लाग्यो । अदालतमा मुद्दा पनि पर्यो, तर उनले कहिल्यै फुटबलबाट अलग हुनु परेन । अदालतले पछि मुद्दा खारेज गरिदियो ।
अदालतले केही दिनअघि सन्दीपलाई बोलाएर उनले जुटाएका कागजातहरूबारे सोध्यो । यो एउटा सामान्य अदालति प्रक्रिया थियो । तर, यसलाई पनि यसरी मिडियावाजी गरियो कि मानौं, सन्दीपले ठूलै कीर्ते गरेका छन् । उनले कहाँबाट कसरी कागजात जुटाए भन्ने विषय अदालतका लागि महत्वपूर्ण हो कि ती कागजातको वैधानिकता खुट्याउनु ?
अदालतले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । यो कुनै अतिरिक्त सहुलियत हो होइन ? पक्कै पनि, यदि सन्दीपले साँच्चै बलात्कार गरेका हुन् कि भन्ने न्यायधीसहरूलाई लागेको भए उनलाई विदेश जान अनुमति दिन्थेनन् । सर्वोच्च अदालतले प्रारम्भिक प्रमाणहरूको सिंहावलोकनपछि सन्दीपमाथि लगाइएको आरोप प्रमाणित हुने आधार कमजोर रहेको ठहर गरेर उनलाई विदेश जान अनुमति दिएको हो ।
यो कुरा सर्वोच्चको फैसलामा स्पष्टै भनिएको छ । गौशाला २६ ले सन्दीपलाई भेटेको भोलिपल्ट ‘आइ जस्ट हग्ड सन्दीप लामिछाने, यो मेरो जीवनको सबैभन्दा खुशीको दिन हो’ भन्दै पठाएको म्यासेजलाई सर्वोच्चले आफ्नो फैसलामा नै उद्धृत गरेको थियो । त्यसो त ‘बलात्कार’ का प्रमाणहरू बलिया भएको भए सन्दीप थुनामुक्त नै हुने थिएनन् ।
मुद्दा पछि धकेलिएपछि सन्दीप अहिले पाकिस्तान पुगिसकेका छन् । देशका लागि मैदानमा डटिरहँदा उनी एउटा खेलाडी मात्र हुन् । मुद्दा लागिसकेपछि पनि उच्च मनोबलमा खेल्दै उनले कयौं खेल नेपाललाई जिताएका छन् । कम्तीमा अदालतको फैसला नआउञ्जेल उनलाई अपराधीको व्यवहार नगरौं । यदि, अदालतले दोषी ठहर गर्यो भने कानूनबमोजिम सजाय भोग्नबाट कसैले रोक्न सक्दैन । तर, निर्दोष सावित भए भने आज अपराधी करार गर्नेहरूले कसरी यसको भरपाई गर्न सक्लान् ?
सहि कुरा ।
नेपालामा पत्रकार भनेका पत्रु पतित हुन्छन अझ एमाले ओलि भक्त नरपशु त पैसाका लागी आमा बेचन या आमा पोइल पठाएर जारी लिन जान्छन भन्ने यो बलात्कारी भ्रटाचारी कमिसन्खोरी असल भन्ने पत्रुकार प्रमाणित गरे तर अझै पाउन नसकेको उत्तर समर्थकबाट “सन्दीपले या सन्दीप हरुले तिम्री आफ्नै नाबालिक छोरी बहिनी नातीनिलाई अथवा उमेर पुगेकइ श्रीमती गर्ल्फ्रेड वा महिला लाई यसै गरी ललाइ फकाइ बिहे गर्छु या तिमी मेरी हौ भनेर होटलमा लगेर रात भरी करनि गरी भोली पल्ट देखी छोडेको भए पनि यस्तै बचाउ अभिब्यक्ती र समर्थन हुन्थ्यो ?
पूर्वराजा ज्ञानेन्द्र शाहदेखि काठमाडौंका मेयर बालेन साहसम्म र रवि लामिछानेदेखि सन्दीप लामिछानेसम्मलाई अत्यन्तै सुविचारित ढंगले प्रहार गर्दा पनि उनीहरूको केही बिगार्न नसकेकोमा यो गिरोह दिक्क छ ।
अरबीका घरमा यौनदासी पठाउनेदेखि मुम्बई दिल्लीका कोठीसम्म चेली बेच्नेहरू मिलेर चलाएको माइती नाम गरेको संस्था रहेसम्म यस्तै हो ।
मुद्दा लम्बिनु, फैसला ढिला हुनुमा एउटा मुख्य कारण वादी प्रतिवादीबाट दुवै पक्षका वकिल र न्यायाधिशले मजाले झार्नु पनि हो । न्याय महँगो छ देशमा ।
मैले नबुझेको कुरो चै सन्दिपलाई फसाउँदा कस्लाई के फाइदा हुन्छ र? त्यो गिरोह भनिएको छ, त्यो अमुर्त गिरोह को हो? उद्देश्य के हो?