३४ वर्षपछि एमालेका शीर्ष नेता सर्रे अम्वासमा, तस्बिरमा हेर्नुस् सचिवालय बैठक (भिडिओ) – Nepal Press

३४ वर्षपछि एमालेका शीर्ष नेता सर्रे अम्वासमा, तस्बिरमा हेर्नुस् सचिवालय बैठक (भिडिओ)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । धनगढीमाई नगरपालिका-१४, सर्रे बैठक बसिरहेको हो ।

बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा हुनेछ । साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।

सर्रे अम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ । सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहित मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए । बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको शिलान्यास गरिनेछ ।

जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरूलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर