नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य, सिताले बनाइन् ३८ रन

२०८० भदौ १४ गते ८:४७

काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्यो।
नेपालका लागि प्रारम्भिक ब्याटर सिता रानामगरले अविजित ३८ रन बनाइन्। कप्तान रुबिना क्षेत्रीले १२ र अप्सरा बेगमले १७ रन बनाए।
सुरुका तीन बलमै तीन विकेट गुमाएको नेपाललाई सिताले अप्सरासँग ५१ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेकी थिइन्।
प्रतिक्रिया
सम्बन्धित खवर