मलेसियामाथि नेपालको रोमाञ्चक जित, कविताको निर्णायक प्रदर्शन – Nepal Press

मलेसियामाथि नेपालको रोमाञ्चक जित, कविताको निर्णायक प्रदर्शन

काठमाडौं। महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पार्‍यो ।

८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोड्यो ।

नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन गरिन्।

कविताको १७ र १९ औँ ओभरमा मलेसियाले २र२ विकेट गुमाएको थियो।

मलेसियालाई अन्तिम ५ ओभरमा २० रन मात्र आवश्यक थियो भने ७ विकेट साथमा रहेको थियो।

नेपालका लागि कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *