युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बायर्न म्युनिख र म्यान युनाइटेड एउटै समूहमा


लन्डन । युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ । ३२ टोलीलाई ८ वटा समूहमा विभाजन गरेर पहिलो चरणको ड्र गरिएको हो ।
समूह एमा बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, गलासतारे र कोपेनहेगन छन् भने समूह सीमा नापोली, रियल म्याड्रिड, ब्रागा र युनियन बर्लिन रहेका छन् । समूह इमा फेयोनुर्द, एट्लेटिको म्याड्रिड, लाजियो र सेल्टिक तथा म्यानचेस्टर सिटी, लेइपजिग, क्रेभेना जेभेदा र यङ ब्वाइज समूह जीमा छन् ।
समूह बीमा सेभिल, आर्सनल,पीएसभी र लेन्स छन् भने समूह डीमा बेनफिका, इन्टर मिलान, साल्जबर्ग र रियल सोसिडाड रहेका छन् । समूह एफमा पेरिस सेन्ट जर्मन-पीएसजी, बोरुस्सिया डर्टमुन्ड, एसि मिलान र न्युकासल तथा बार्सिलोना, एफसी पोर्टो, साख्तर डोनेट्रस्क र एन्टवर्प समूह एचमा रहेका छन् ।