बरमझिया पुगेर ओलीले सम्झिए जेलबाट छुटेपछि पेडा बनाएको क्षण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको बरमझिया पुगेर आफूले पेडा बनाउँदाको क्षण सम्झिएका छन् ।
सिरहाको सर्रे अम्बासमा केन्द्रीय सचिवालय बैठक सकेर विराटनगर फर्किने क्रममा ओली बरमझियाका पेडा पसलमा पुगेका हुन् । त्यहाँ उनले जेलबाट छुटेपछि आफूले त्यस बेला पेडा बनाएका दिन स्मरण गरेको फेसबुकमा लेखेका छन् ।
‘रातिको करिब ९/१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो । यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’
सप्तरीमा बैजनाथ साहको पेडा अहिलेसम्म चर्चित छ । साहको निधनपछि पनि बरमझियाभर उनकै नामका पेडा पसलहरू बग्रेल्ति भेटिन्छन् ।