करिब ५ लाख भारु र लागुऔषधसहित युवक पक्राउ
नेपाल प्रेस
२०८० भदौ १५ गते ८:४७
कैलाली । कैलालीमा स्रोत नखुलेको करिब पाँच लाख भारतीय रूपैयाँ र लागुऔषध खैरो हेरोइन एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोदावरी नगरपालिका-१ बनखेतका ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो । उनको घर खानतलासी गर्दा ४ लाख ७४ हजार ५ सय भारु र २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी गणेश बरालले बताए ।
उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठाभित्र स्ल्याबमा राखेको पंखाको कार्टुनभित्रको रकम बरामद गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर