ब्रिक्स्को उदय अमेरिकालाई विपत हो : अमेरिकी सांसद – Nepal Press

ब्रिक्स्को उदय अमेरिकालाई विपत हो : अमेरिकी सांसद

काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका देशहरु मिलेर बनेको आर्थिक मन्च ब्रिक्स्सको उदय अमेरिकालाई विपत भएको एक अमेरिकी सांसदले बताएकी छन् ।

आफ्नो चुनाव क्षेत्र जर्जियामा मतदातासँग कुराकानी गर्दै रिपब्लिकन पार्टीकी सांसद मार्जोरी टेलर ग्रिनले विश्वको कूल जीडीपीको एक चौथाई ब्रिक्स् देशको भएको भन्दै उनले ती देशहरुले एक अर्काको व्यापारमा डलर प्रयोग नगर्ने सहमति गरेदेखि अमेरिकी आर्थिक नाकाबन्दी हुँदा पनि अब केही असर नहुने खालको समुह बन्दा बाइडेन प्रशासन आँखा बन्द गरेर बसेको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘ब्रिक्स् बलियो हुँदा डलर कमजोर हुन्छ ।’ रुस, चीन, भारत आदिका जनसंख्या अमेरिकाभन्दा धेरै भएको, उनीहरुको खरिद शक्ति बढि भएको भन्दै ग्रिनले अमेरिकाका भावी सन्तानहरुले डलर कमजोर भएको देख्नुपर्ने अवस्था आएको बताइन् ।

सांसद ग्रिनको उक्त भनाइलाई रुसी विश्व च्यानल आरटीले प्राथामिकताका साथ प्रकाशन गरेको छ । पाँच देशमा सिमित भएको ब्रिक्समा आगामी जनवरी १ बाट अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान र साउदी अरेबिया लगायतका पाँच नयाँ सदस्य थपिँदैछन् । गत हप्ता दक्षिण अफ्रिकाका भएको ब्रिक्स्को १५ औँ शिखर सम्मेलनले संयुक्त राष्ट्र संघमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाको सम्मानित स्थानको माग समेत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर