पूर्वयुवराज पारस अस्पताल भर्ना, भेट्न पुगे परिवार (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ १५ गते १९:३७
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ । मुटुरोगी भएको हुँदा उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि राखिएको स्रोतले बतायो ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर