सभामुखको प्रश्न : सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? (भिडिऔ)
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गरे । उनले संसद जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताए ।
उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । उनले विधायिका संस्थामा सांसदहरुले खेल्ने भुमिका प्रभावकारी हुनुपर्ने पनि बताए । सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद क्रियाशील बन्नुपर्ने बताए । उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताए । उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।
उनले भने, ‘करिब आठ वर्ष कानून बनाउने, प्रशासन एकाई बनाउने काम पनि भयो । शासनलाई जनताको भावना अनुरुप परिवर्तन गर्न ऐन कानूनको अभ्यास गरिसकेका छौं । राजनितिक उपलब्धी हासिल गरेका छौं । पछौटेपन अन्त्य गर्न आर्थिक उपलब्ध हाँसिल गर्नुपर्नेछ । अब हामी देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद कृयाशील हुनुपर्छ । जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी छ । विधायीका संस्थामा सांसदहरुले खेल्ने भुमिका प्रभावकारी हुनुपर्छ । हाम्रो काम मुलतः नीति निर्माण गर्ने नै हो । नीति निर्माण गर्दा हाम्रो आवश्यकता के हो ? हाम्रो वस्तुगत स्थिति के हो ? विश्वव्यापी कन्टेक्स्टमा पनि हाम्रा स्टेप्सहरु के हुन सक्छन् ? यो कुरालाई ध्यान दिनुपर्छ । सरकार संसदप्रति निश्चयपनि उत्तरदायी हुन्छ । संसद् जनताप्रति उत्तरदायी हुन जरुरी छ । हाम्रो देशको सरकार संसदबाट निर्माण हुन्छ । संसदप्रति उत्तरदायी हुन्छ । संसद् भन्नेबित्तिकै सोझै जनताप्रति उत्तरदायी संस्था हो भन्ने कुरामा अझैपनि गम्भिर बनाउन सकिएको छैन । वा हुन सकेको छैन । हामीले समितिमार्फत सरकारका कामको निगरानी, निरीक्षण, योजना बनाउन लगाउने र सुझाव दिने काम गर्छौं । तर, यो प्रभावकारी छ जस्तो लाग्दैन । यो औपचारिक हिसावले यो कुराहरु हुने गर्छ । तर, समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्न तयार कीन छैन ? या तयार छ हामीले देखिरहेका छैनौं । यसलाई पनि समिक्षा गर्न जरुरी छ ।’
राजनीतिक उपलब्धी प्राप्त गरेपनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने बताए । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हाँसिल गर्न चुनौती रहेको बताए ।