एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य – Nepal Press

एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो ।

भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए ।

विराट कोहली ४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ११ र अर्का ओपनर शुभमन गिल १० रनमा आउट भएका थिए ।

यस्तै श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४-१४ रन बनाए । त्यसैगरि जसप्रित बुमराहले १६ रन बनाए ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदिले ४ विकेट लिए । यस्तै हरि राउफ र नसीम शाहले ३-३ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *