प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनीता र मकवानपुरकी सरितालाई – Nepal Press

प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनीता र मकवानपुरकी सरितालाई

काठमाडौं । यस वर्षको प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कार दोलखाकी विनीता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई प्रदान गरिने भएको छ ।

प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटनका अवसरमा पुरस्कार घोषणा गरिएको हो ।

प्रेस चौतारी बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघको शुद्धीकरणका नाममा चौतारी समर्थित पत्रकारलाई छानी छानी हटाउने षड्यन्त्र भइरहेको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव तथा बागमती प्रदेश इन्चार्ज विष्णु तारुकेले कार्यालय स्थापनाले आसन्न पत्रकार महासंघको निर्वाचन परिचालनमा सहजता पुग्ने बताए ।

प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष शरद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश कमिटीले प्रकाशन गरेको सम्पर्क डायरी समेत सार्वजनिक गरिएको छ ।

चौतारीका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्ला अध्यक्षहरू र पदाधिकारी सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा यस वर्ष बागमती प्रदेशका १० जिल्लाहरू मध्ये कार्यक्रमका हिसाबले उत्कृष्ट जिल्लाका रूपमा रामेछाप जिल्ला शाखालाई घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर