अब पूर्ण कार्यान्वयनमा आला कार्ट : कुन च्यानल हेर्न कति शुल्क तिर्नुपर्छ ? – Nepal Press

अब पूर्ण कार्यान्वयनमा आला कार्ट : कुन च्यानल हेर्न कति शुल्क तिर्नुपर्छ ?

काठमाडौं । सरकारले नेपालमा प्रसारण अनुमतिप्राप्त विदेशी सशुल्क टेलिभिजन च्यानलहरू (पे टिभी) मा अलाकार्ट मूल्य प्रणाली पूर्ण कार्यान्वयनमा ल्याएको छ ।

प्रत्येक च्यानल र बुकेको अन्तिम शुल्क निर्धारण गर्दै सूचना तथा सञ्चार मन्त्रालयले आलाकार्ट कार्यान्वयन गरेको हो ।

राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम केबुल, डीटीएच, एमएसओ, एएमडीएस, आइपीटीभी, डीटीटीभी लगायत माध्यमबाट उपभोक्तासम्म पुग्ने च्यानलहरुले लिनसक्ने शूल्क मन्त्रालयले निर्धारण गरेको छ ।

सञ्चारमन्त्री रेखा शर्माले १५ भदौमा गरेको मन्त्री स्तरीय निर्णयअनुसार प्रसारण संस्थाहरूले अब उपभोक्ताबाट मासिकरुपमा तोकिएको शुल्क मात्र लिन पाउने छन् । यसअघि बुकेको शुल्क निर्धारण गरिएकोमा अहिले प्रत्येक च्यानलको शुल्क तोकेर मन्त्रालयले सूचना जारी गरेको हो ।

ट्रायलका रूपमा आला कार्टा पहिल्यै कार्यान्वयनमा आइसकेको थियो । अब भने पूर्णरुपमा कार्यान्वयनमा आएको मन्त्रालयका एक अधिकारीले बताए ।

कुन च्यानलको कति ? हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *