सरकार उत्तरदायी नभए जनता विकल्प खोज्नेछन्, अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर – Nepal Press

सरकार उत्तरदायी नभए जनता विकल्प खोज्नेछन्, अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने बताए ।

उनले भने, ‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ। प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ। लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ। महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ। नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन्। कांग्रेसले अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्दैन ।’

कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने बताए । कांग्रेस जनताको पार्टी भएकाले सधैँ जनताकै साथमा हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर