भारतका प्रभावशाली फास्ट बलर बुमराहले नेपालविरुद्ध नखेल्ने – Nepal Press

भारतका प्रभावशाली फास्ट बलर बुमराहले नेपालविरुद्ध नखेल्ने

काठमाडौं । भारतका प्रभावशाली फास्ट बलर जस्प्रीत बुमराहले एसिया कपअन्तर्गतको सोमबार हने नेपालविरुद्ध खेलमा नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुमराह व्यक्तिगत कारण देखाएर भारत फर्केका छन् ।

एसिया कप अन्तर्गत सोमबारको खेलमा भारत नेपालविरुद्ध जित्नै पर्ने दबाबमा छ । पहिलो खेल रद्ध भएका कारण पाकिस्तानसँग अंक बाँडेपछि अन्तिम चारमा पुग्न भारतले नेपाललाई हराउनै पर्ने अवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *