६५ रनमा गुमायो नेपालले पहिलो विकेट
नेपाल प्रेस
२०८० भदौ १८ गते १६:०२
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।
अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।
व्यक्तिगत २२ रनमा रहेका बेला कुशलले अम्पायरलाई एलबीडब्लू आउट दिए पनि डीआरएसबाट निर्णय उल्टिएको थियो ।
नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर