भारतीय बलरलाई टाउको दु:खाइ बनेका आसिफ ५८ रनमा आउट
नेपाल प्रेस
२०८० भदौ १८ गते १७:२०
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।
नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए ।
नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सिराज र सार्दुल ठाकुरले एकएक विकेट लिए ।
कुशल भुर्तेलसँग गतिलो साझेदारी गरेका आसिफले पाँचौं विकेटका लागि गुल्सन झासँग ३१ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर