राजेन्द्र पाण्डेको नेतृत्वमा एमसीसी अनुगमन समिति बनाउने नेकपा एसको निर्णय (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ १८ गते १८:४२
काठमाडौं । नेकपा एसले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
समितिमा अन्य गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ राखिने उनले बताए । विषय विज्ञ भने तय नभइसकेको खतिवडाले बताए ।
त्यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्र संघ र चीनमा जानेबारे पार्टीले छलफल गर्ने निर्णय गरिएको उनले बताए ।
प्रतिक्रिया