नेपाल र भारतबीच रोकिएको खेल ७ बजे पुनः सुरु हुने – Nepal Press

नेपाल र भारतबीच रोकिएको खेल ७ बजे पुनः सुरु हुने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार ७ बजे पुनः सुरु हुने भएको छ ।

वर्षाका कारण खेल रोकिएको थियो । वर्षा रोकिएपछि अम्पायरले निरीक्षण गरी ७ बजे सुरु हुने जानकारी गराएका हुन् ।

खेल रोकिनुअघि नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेल्दैछन् । उनीहरुबीच सातौं विकेटका लागि ३४ रनको साझेदारी भइसकेको छ ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *