लुम्बिनी प्रदेश एमाले नेतृत्वमा हरि रिजालले लिए अग्रता
नेपाल प्रेस
२०८० भदौ १९ गते २१:३५
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणनाको दोस्रोपटक सार्वजनिक नतिजामा हरि रिजालले अग्रता लिएका छन् ।
३ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले ३० मतले अग्रता लिएका हुन् । रिजालले १६४ मत पाउदा राधाकृष्ण कँडेलले १३४ मत मात्र पाएका छन् । ३० मतले रिजाल अघि छन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
प्रतिक्रिया