पाटनको कृष्ण मन्दिरमा यसरी मनाइँदैछ श्रीकृष्ण जन्माष्टमी (तस्बिरहरू/भिडिओ) – Nepal Press

पाटनको कृष्ण मन्दिरमा यसरी मनाइँदैछ श्रीकृष्ण जन्माष्टमी (तस्बिरहरू/भिडिओ)

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्  । यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको कृष्ण प्रणामी मन्दिरमा कृष्ण भक्तजनहरुको चहलपहल  भइरहेकाे  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *