झलनाथ खनालको दाबी- अब एमालेमा पहिरो जाँदैछ (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको दाबी गरेका छन् ।
पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए ।
उनले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’
उनले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताएका छन् ।
पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।
उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’
उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे। आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गरे। समाजवाद आवश्यकताबारे जानकारी गराउँन राष्ट्रव्यापी रुपमा अभियान लिएर जाने बताए।
हेर लैनचौरको पैसाले काम गरेको ! पैसा पचाउन भनिदिएका होउला । सामान्य जनता पनि तिमीहरूभन्दा सचेत छन् किनकी उनीहरू लैनचौरबाट रकम बुझ्दैनन । मिहेनतको कमाई खान्छन ।